युवकलाई जन्मकैद, १६ वर्षे बालकलाई १७ वर्ष जेल

युवकलाई जन्मकैद, १६ वर्षे बालकलाई १७ वर्ष जेल

राजविराज : नशा सेवन गरेर मात्तिएका साथीहरूले सप्तरीको रूपनी गाउँपालिका-५ बसविट्टीमा गरेको हत्या घटनामा एक किशोरलाई जन्मकैद र एक बालकलाई १६ वर्ष आठ महिना कैद सजाय भएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलाशले सोमबार २२ वर्षीय लालु भनिने जयराम खंगलाई जन्मकैद र १६ वर्ष ३ महिना १७ दिनका बालकलाई १६ वर्ष ८ महिना कैद सजाय गरेको अदालतले जनाएको छ।

कैद सजायका साथै जयरामले एक लाख रूपैयाँ पीडित परिवारलाई क्षतिपूर्ति तिनुपर्ने र २ हजार ८ सय रूपियाँ फौजदारी अपराध कसूर पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको इजलाश अधिकृत कुमार सुबेदीले बताए। सुबेदीका अनुसार १६ वर्षीय बालकले पनि ७५ हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने र राहत कोषमा दुई हजार दुई सय रूपियाँ जम्मा गर्नुपर्ने फैसला भएको छ।

घटना यसरी भयो
घटना २०७८ चैत ४ गतेको हो। उक्त दिन हिन्दूहरुको उमंगको पर्व होली र इस्लामहरुको सोवराती पर्व थियो। चाडपर्वका बेला गाउँमै रहेका र विराटनगरबाट घर आएका २५ वर्षीय अन्सारुल मियाँ रमाइलोका लागि मादक पदार्थ र नशालु पदार्थ सेवन गरिरहेका हुन्छन्। नशासेवनमा मात्तिएर साथीहरुबीच झैझगडा र विवाद भई आवेशमा उत्पन्न तत्काल उठेको रिस थाम्न नसक्दा अन्सारुलको हत्या हुन्छ।

सुरुमा गुन्जन सिंहको आँप बगैचामा गाँजा सेवन गरेर बसेका जयराम खंग र पिंकु कुमार खंगलाई देखेर २० वर्षीय दिपेन्द्र भनिने दिपक कुमार खंग थपिन्छन्, त्यसपछि १६ वर्षीय बालक पुग्छन्, अर्का १४ वर्षीय बालक र १९ वर्षीय फरिद भनिने उमर राइन पनि थपिन्छन्।

गाँजा खानका लागि 'वाटर गन निडिल' नभएपछि फोन गरेर अन्सारुललाई बोलाइन्छ। मादक पदार्थ खाएर बसेका अन्सारुल र संजयकुमार खंग पनि सोही ठाउँमा जम्मा हुन्छन्। यसरी भेला भएकामध्ये गाँजा खाएर क्रमशः तीन जना जना घर फर्किन्छन्। केटी साथीसँग फोनमा कुरा गर्दै संजय पनि घर फर्किन्छन्। गाँजा र मादक पदार्थ खाएर लठ्ठिएका तीन जना अन्सारुल, जयराम र १६ वर्षीय बालक मात्र बाँकी रहन्छन्। अबेर रातिसम्म बसेका उनीहरुबीच मोबाइल र एयरफोनका विषयमा विवाद हुन्छ। अन्सारुलले आफ्नो मोबाइल र एयरफोन चोरेको आरोप लगाउँदै जयराम र बालकको घाँटी अठ्याउँछन्। 

जयरामले एक्कासी वियरको बोतलले प्रहार गर्दा अन्सारुलको टाउकोबाट रगत बग्छ। बालकले उपचारमा लैजानु पर्ने प्रस्ताव गर्छन्। जयरामले सहयोग नगरे बालकको पनि ज्यान मार्ने धम्की दिदै छुरा तेर्स्याउँछन्। बालकले आफ्नो ज्यान जोगाउन हत्या घटनामा र शव पोखरीमा लुकाउन, दबाउन सहयोग गर्छन्।

घटनापछि उनीहरू पनि पोखरीमा हतियार मिल्काएर कपडा पखाली घर गएर सुत्छन्। तीन दिनपश्चात २०७८ चैत ७ गते गाउँदेखि पूर्व रहेको समर्थ सिंहको पोखरीमा अन्सारुलको सडेगलेको शव फेला पर्छ। मृतकका बुवा मो. ताहिर मियाँले सोही दिन साधारण निवेदन दिन्छन्। मादक पदार्थ र नशालु पदार्थ सेवन गर्ने गराउने सिलसिलामा विवाद हुँदा गुन्जन सिंहको आँप बगैचाको पश्चिम रहेको कब्रस्थानको पूर्व सडकमा छुरा रोपी अन्सारुलको हत्या गरी पोखरीमा दबाएको अनुसन्धानबाट खुलेको सप्तरी प्रहरीले जनाउँछ। त्यसपछि ताहिरले ०७८ चैत २९ गते नाम किटान गरी उजुरी दिन्छन्।

प्रहरीले उजुरी दर्ता गरी जयराम, दिपक र १६ वर्षीय बालकलाई पक्राउ गरेपछि बालकले घटना स्वीकार्छन्। उनले नै घटनाको उल्लेखित विवरण सबै बताएका हुन्। जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशबाट ०७९ वैशाख २२ गते पुर्पक्षका लागि जयराम थुनामा र बालक बालसुधार गृह बिरगञ्जमा पुग्छन्। दिपक दुई लाख रूपियाँ धरौटीमा छुट्छन्।

अदालतमा ०७९ जेठ २३ गते हाजिर भएका १४ वर्षीय बालकलाई अदालतले संरक्षकको जिम्मामा लगाउँछ। अदालतमा असार ९ गते हाजिर भएका ४५ वर्षीय रामशुभक खंग र उमर राइन पुर्पक्षका लागि जनही २ लाख रूपियाँ धरौटी राखी तारेखमा रिहा हुन्छन्। न्यायाधीश हेमन्त रावलबाट ०८० जेठ ११ गते इजलाशबाट पिकु पनि धरौटीमा छुट्छन्। 

अदालतले ११औं पेशीमा फैसला गर्दै घटनामा संलग्न जयरामलाई जन्मकैद र अर्का १६ वर्षीय बनलकलाई १६ वर्ष आठ महिना कैदको सजाय गरेको हो। अन्य आरोपितहरू घर फर्किए पछि घटना भएको भन्दै १४ वर्षीय बालकसहित रामशुभक, उमर राइन, पिंकुकुमार खंगलाई अभियोग दाबी नपुग्ने भन्दै अदालतले सफाई दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.