दलको उपनेताबाट राजीनामा दिएर केदार कार्कीको पक्षमा खुले हिमाल
विराटनगर : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेताबाट राजीनामा दिएका हिमाल कार्की मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्कीको पक्षमा खुलेका छन्।
हिमालले बिहीबार नै उपनेताबाट राजीनामा दिएका हुन्। उनी यसअघि संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षधर थिए। तर, उपनेता छाडेपछि संस्थापनइतर अर्थात डा. शेखर कोइरालाको पक्षमा खुलेका हुन्।
पदबाट राजीनामा दिएपछि केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष पुगेका हुन्। केदारको पक्षमा खुलेका कांग्रेस सांसदको संख्या हिमालसहित ९ पुगेको छ। केदारलाई एमालेका ३९ सांसदको पनि साथ छ। यसअघि केदारले आफ्ना ८ र एमालेका ३९ गरेर ४७ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका थिए। हिमाल थपिएपछि उनलाई समर्थन गर्नेको संख्या ४८ पुगेको छ।