कोसीमा मुख्यमन्त्री नियुक्तिको निर्णय शुक्रबार

कोसीमा मुख्यमन्त्री नियुक्तिको निर्णय शुक्रबार
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि (शुक्रबार) लिइने भएको छ। प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्तिको निर्णय भोलि लिने भएको हो। 

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि दिएको समयसीमा भोलि अपरान्ह ५ बजेसम्मको छ। प्रदेशको मुख्यमन्त्रीमा दुई जनाले दाबी गरेका छन्। 

नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। काठमाडौंमा बिहीबार बसेको गठबन्धनको बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। गठबन्धनको निर्णयविपरीत पार्टीको संस्थापनइतर र नेकपा (एमाले)का प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले पनि मुख्यमन्त्री दाबी गरेका छन्। 

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं प्रवक्ता नरेन्द्र श्रेष्ठले दुई जनाको दाबी पेस भएका कारण मुख्यमन्त्री नियुक्तिको निर्णय आज गर्न नसकिएको बताए। ‘दुई जनाले दाबी पेस गरेका कारण भोलि निर्णय लिने कुरा प्रदेश प्रमुखज्यूले गर्नु भएको छ,’ उनले भने, ‘भोलि ५ बजेसम्मको समय भएकाले निर्णय गर्ने म्याद सकिँदैन।’ 

कोसीको ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ। कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन्। कांग्रेस संसदीय दलको उपनेताबाट राजीनामा दिएका हिमाल कार्कीसमेत उनकै पक्षमा खुलेका छन्। त्यसो हुँदा कार्की कोसीको मुख्यमन्त्री बन्ने देखिएको छ। 

आङ्बाले पनि गठबन्धनका ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले कांग्रेसका २९, माओवादीका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका हुन्। तर, कांग्रेसको संस्थापनइतरका प्रदेशसभा सदस्यहरुले सशरीर प्रदेश प्रमुखसमक्ष उपस्थित भएर आफूहरुको हस्ताक्षर सनाखत गराएका छन्। उनीहरूले आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.