अन्य नेपालीलाई ल्याइदिन माग

इजरायलबाट फर्केका विद्यार्थी भन्छन्- सेकेण्ड सेकेण्डमा बम आक्रमणपछिको अवस्था वर्णन गर्न सकिदैन

इजरायलबाट फर्केका विद्यार्थी भन्छन्- सेकेण्ड सेकेण्डमा बम आक्रमणपछिको अवस्था वर्णन गर्न सकिदैन
तस्बिर : अभिशेक महर्जन

काठमाडौं : इजरायलमा रहेका २५४ नेपाली नागरिकलाई नेपाल सरकारले शुक्रबार बिहान स्वदेश ल्याएको छ । स्वदेश आएपछि उनीहरुले खुसी व्यक्त गर्दै सरकारलाई धन्यवाद दिएका छन् । 

नेपाली विद्यार्थीले इजरायलको द्वन्द्व क्षेत्रमा निकै खतरा रहेकाले अन्य नेपालीहरूलाई पनि छिटो नेपाल ल्याउनुपर्ने बताएका छन् । आफूहरू इजरायलमा बस्दा बाँच्ने सम्भावना नै नदेखिएको उनीहरूको भनाइ छ । इजरायलका केहि ठाउँमा बंकर समेत नहुँदा आफूहरु त्रसित हुने गरेको विद्यार्थीहरूले भावुक हुँदै सुनाएका थिए ।

खाना र पानी सकिएपछि आफूहरुको अवस्था झन नाजुक बन्दै गएपछि दूतावासलाई पटकपटक मेल गरको उनीहरुले बताए । सेकेण्ड सेकण्डमा भएको बम आक्रमणपछिको अवस्था वर्णन नै गर्न नसक्ने उनीहरुको भनाइ छ । 

 नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट उनीहरूलाई नेपाल ल्याइएको हो । इजरायलमा फसेका नेपालीको उद्धारका लागि  परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरू इजरायल गएका थिए।

परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.