काठमाडौं : हाल संवैधानिक निकायमा १९ पद रिक्त छन्, तर संवैधानिक परिषद्ले निर्वाचन आयोगमा मात्रै नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकले रिक्त रहेको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस गरेको छ।
मोरङका कार्की हाल सर्वोच्च अदालतको रजिस्ट्रार पदमा कार्यरत छन्। सरकारी वकिलबाट सेवा सुरु गरेका कार्की रजिस्ट्रार पदबाट राजीनामा गरेर संसदीय सुनुवाइको सामना गर्नेछन्।
दिनेश थपलियाको पदावधि सकिएपछि निर्वाचन आयोगको प्रमुख आयुक्त पद रिक्त रहँदै आएको छ। रामप्रसाद भण्डारीले कार्यवाहक नै रहेर २०८२
वाग्ले मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आबद्ध छन्। हाल उनी सूचना प्रविधि विषयमा अध्ययन–अध्यापन गराउँछन्। वाग्ले निर्वाचन आयोगबाटै अवकाश भएका सरकारी वकिल (उपन्यायाधिवक्ता) पनि हुन्।
निर्वाचन आयोगमा दुई पदाधिकारीको पद रिक्त थियो। भण्डारी पनि अवकाशमा जाने भएपछि तीन जनाको पद रिक्त हुने भयो। त्यही भएर परिषद्ले तीन जनाको नाम सिफारिस गरेको छ। निर्वाचनको समयमा पनि कार्यवाहककै भरमा चलेको निर्वाचन आयोगमात्रै किन प्राथमिकतामा पर्यो भन्ने चर्चा छ।
निर्वाचन आयोगमा मात्रै होइन, लोकसेवा आयोगमा पनि अध्यक्ष नै अवकाश भइसकेका छन्। हालै लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी अवकाश भएका हुन्। राष्ट्रिय मानव अधिकार आयोगमा एक सदस्य, मुस्लिम आयोगमा अध्यक्षसहित दुई तथा राष्ट्रिय समावेशी
आयोगमा अध्यक्षसहित दुई पदाधिकारीको पद रिक्त छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक सदस्य, थारू आयोगमा अध्यक्षसहित दुई पद, मधेसी आयोगमा अध्यक्षसहित दुई पद, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षसहित तीन पद तथा राष्ट्रिय महिला आयोगमा एक सदस्य पद रिक्त रहेको छ।
१३ संवैधानिक निकायहरूमध्ये १२ मा ५ जना पदाधिकारी रहने व्यवस्था छ। महालेखा परीक्षकमात्र एक जना हुने व्यवस्था छ। संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र उपसभामुख रहने व्यवस्था छ।
७ वटै उपकुलपति नियुक्त

त्रिभुवन विश्वविद्यालयसहित सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिएको छ। कुलपतिसमेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गरेका छन्। उनी यसअघि काठमाडौं विश्वविद्यालयका उपकुलपति थिए।
खुला प्रतिस्पर्धाबाट उपप्राध्यापकमा नाम निकालेर प्रवेश गरेका थापा प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रार हुँदै २०७७ सालमा काठमाडौं विश्वविद्यालयको उपकुलपति भएका थिए। एक कार्यकालमात्रै काठमाडौं विश्वविद्यालयका उपकुलपति भएका थापाले विश्वविद्यालयलाई फुट्नबाट जोगाएका थिए।
सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई नियुक्त गरिएको छ। पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजनबाबु मरहट्टालाई नियुक्त गरिएको छ। सर्टलिस्टमा परेका तीनमध्ये एक–एक जनालाई कुलपति शाहले नियुक्त गरेका हुन्। विगतमा पनि यसरी नै उपकुलपति नियुक्त हुने गरेको थियो।
प्रतिक्रिया दिनुहोस !