कोसी घटनालाई कांग्रेसले सामान्यरूपमा नलिने, शेखर नआएपछि देउवाले बोलाएको बैठक स्थगित

कोसी घटनालाई कांग्रेसले सामान्यरूपमा नलिने, शेखर नआएपछि देउवाले बोलाएको बैठक स्थगित
सुन्नुहोस्

काठमाडौं : शेखर कोइराला उपस्थित नभएपछि नेपाली कांग्रेसको कार्यसम्पादन बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवाले धुम्बाराहीमा बोलाएको बैठकमा कोइराला अनुपस्थित भएका हुन्।

३ बजे बोलाइएको बैठकमा ५ बजेसम्म पनि कोइराला उपस्थिति हुने नदेखिएपछि बैठक स्थगित भएको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए। बैठक शनिबार पनि बस्ने उनले बताए।

बैठकमा २०५१ सालको घटना दोहोरिएको शीर्ष नेतृत्व तहको निष्कर्ष रहेको उनको भनाइ छ। 'पार्टीभित्र २०५१ सालको घटना दोहोरियो भन्ने निष्कर्ष छ। तर हामी कोसी प्रदेशको घटनालाई खुला छलफलबाट समाधान गर्ने प्रयास गर्नेछौं,' उनले भने।

कोसीमा गठबन्धनकै सरकार बन्ने भन्दै उनले कांग्रेसले त्यस घटनालाई गम्भीरताका साथ लिएको बताए। 'कोसीको कुरालाई गम्भीरताका साथ लिएका छौं। ठबन्धनभित्रैबाट सरकार बनाउने कुराको पहल जारी छ,' उनले भने। 

उनले कोसीमा विद्रोहभन्दा पनि असन्तुष्टि रहेको बुझिएको बताए। विद्रोह हो भने त्यसलाई कांग्रेसले सामान्यरूपमा निलिने उनको भनाइ छ। 'कोसीमा विद्रोहभन्दा पनि उहाँले (शेखर कोइराला) असन्तुष्टि जाहेर गरेको कुरा आएको छ। यदि विद्रोह वा पार्टीको सिद्धान्तलाई उल्लंघन गरेको हो भने त्यसलाई सामान्य रूपमा लिन मिल्दैन। विद्रोहलाई स्थापित गर्दै जाने हो भने पार्टीको एउटा स्वरुप रहँदैन,' उनले भने। 

कोसीको विषयमा गठबन्धनभित्र निरन्तर छलफल भइरहेको उनले बताए। 'गठबन्धनलाई निरन्तरता पनि दिनु छ। कोसीमा सरकार पनि बनाउनु छ। नेतृत्वले खुला ढंगबाट छलफल गर्न जरुरी छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.