युवाको भावनालाई समेट्दै कांग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्छ  : बद्री पाण्डे

युवाको भावनालाई समेट्दै कांग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्छ  : बद्री पाण्डे
सुन्नुहोस्

सरकारले औसत काम गरिरहेको भन्दै उनले अझै उर्जाशील भएर काम गर्नुपर्ने बताए। हजारौं युवाहरु पलायन भएकोले त्यो निराशाजनक अवस्थाबाट बाहिर निकाल्नुपर्ने दायित्व सरकारको भएको उनको भनाइ छ।

सन्धिखर्क : नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेले रुपान्तरित कांग्रेस र आधुनिक कांग्रेस बनाउनु पर्ने आजको आवश्यक्ता रहेको बताएका छन्। जनताको चाहाना अनुरुप पार्टीलाई परिमार्जित गर्दै जानुपर्ने उनले बताए। 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सह–महामन्त्री पाण्डेले २०१५ सालदेखि अहिलेसम्म एउटै पद्धतिमा कांग्रेस हिंडिरहेको भन्दै त्यसलाई बदल्न आवश्यक रहेको बताए। ‘पुरानो पद्धतिले हुँदैन,युवाको सोचअनुसार कांग्रेस अगाडि बढ्नुपर्छ’, उनले भने, ‘मतदाता र युवाको भावनालाई समेट्दै अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नु पर्छ।’

सरकारले औसत काम गरिरहेको भन्दै उनले अझै उर्जाशील भएर काम गर्नुपर्ने बताए। हजारौं युवाहरु पलायन भएकोले त्यो निराशाजनक अवस्थाबाट बाहिर निकाल्नुपर्ने दायित्व सरकारको भएको उनको भनाइ छ।

नेपाली कांग्रेसका केन्द्रीय सह–महामन्त्री पाण्डेसहित नेता देवराज चालिसे, केन्द्रीय सदस्य पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, गुणानिधि पाण्डे लगायतले प्रशिक्षण दिएका थिए।

जिल्ला कार्यसमिति प्रशिक्षण विभागको आयोजनामा भएको कार्यक्रममा जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, पालिका कार्यसमिति, वडा सभापति, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, निर्वाचित जनप्रतिनिधि, उम्मेद्वारका आकांक्षी, महाधिवेशन प्रतिनिधि लगायतलाई प्रशिक्षणमा सहभागी गराइएको प्रशिक्षण विभाग प्रमुख तथा जिल्ला उपसभापति विष्णु भुसालले जानकारी दिए। 

कार्यक्रम जिल्ला सचिव कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, सह महामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), पूर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल लगायतको पनि उपस्थिति रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.