राष्ट्रपति पौडेलले पदीय मर्यादा भुल्नुभयो : विष्णु पौडेल

राष्ट्रपति पौडेलले पदीय मर्यादा भुल्नुभयो : विष्णु पौडेल
सुन्नुहोस्

बुटवल :  नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलका पछिल्ला गतिविधिहरू पदीय मर्यादा विपरित भइरहेको बताएका छन् । राष्ट्रपतिले देशको अभिभावकीय जिम्मेवारी निभाउन नसकेको उनको आरोप छ । 

विजयादशमीको अवसरमा आइतबार बुटवलमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै पौडेलले भने,‘उहाँ राष्ट्रको अभिभावक हो । जनताले अभिभावकको रुपमा महशुस गर्न पाएका छैनन् ।’
 

पौडेलले सरकारले अपराधीलाई प्रोत्साहन गरेर पीडितलाई तर्साउन खोजेको  उनले जिकिर गरे। वर्तमान सरकारले संविधानको बर्खिलाप गरेको समेत पौडेलको भनाइ छ । दिनदहाडै खुँडा प्रयोग गरेर हत्या गर्ने अपराधीलाई सरकारले रिहाइ गरेर सत्ताको पूर्णरुपमा दुरुपयोग गरेको उनको भनाइ छ।

‘अहिले देशमा नागरिकलाई सरकार छ कि छैन् ? भन्ने भइरहेको छ’,उनले भने,‘राजनीतिलाई अपराधिकरण गरियो । सरकारका गलत निर्णयले जनता प्रताडित भइसके ।’ हत्याराहरु खुलेआम बाहिर निस्केर अविरजात्रा गरिरहँदा जनतालाई शान्ति सुरक्षाको अनुभूति हुन नसकेको उनले जिकिर गरे।

नेपाली कांग्रेसभित्रको विवाद मिलाउनतर्फ राष्ट्रपति सक्रिय बनिरहेको समेत पौडेलले आरोप लगाए । ‘तनहुँमा गएर कांग्रेसलाई भोट हाल्नेलाई धन्यवाद पनि दिनुभएछ’,पौडेलले भने,‘राष्ट्रपति पद दलविशेषको हुँनुहुँदैन् । उहाँ किन यस्तो गर्नुभएको होला म अच्चम छु ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.