विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार, ट्रकका चालकसहित ३ जना पक्राउ

विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार, ट्रकका चालकसहित ३ जना पक्राउ
विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार भएको घटनास्थल । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : विराटनगरमा युवतीमाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न भएको आरोपमा तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ,२० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन् ।

तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् । चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीले जनाएको छ । तीनैजना मिलेर २५ वर्षीया युवतीमाथि विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानका राति बलात्कार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । 

उनका अनुसार घटनामा संलग्नहरू ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कको होटलमा पुगेका थिए । खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरु फर्किएर आएको दाहालले बताए । 

उनका अनुसार फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्‍याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पार्किङ गरेर राखेको दुईवटा ट्रकको बीचमा रहेको खाली ठाउँमा पुर्‍याएर युवतीमाथि सामूहिक बलात्कार गरेको पाइयो,’दाहालले भने, ‘स्थानीयले खबर गरेपछि प्रहरीलाई घटनाको जानकारी भएको हो ।’ 

पीडित युवती चिच्याउन थालेपछि स्थानीय र पैदलयात्रीले घटना थाहा पाएको उनको भनाइ छ । युवती चिच्याएको सुनेपछि घटनास्थलमा पुगेकाहरूले प्रहरीलाई खबर गरेको डीएसपी दाहाल बताउँछन् । घटनास्थलमा मानिस भेला हुन थालेपछि तीनैजना दौडिएर ट्रकभित्र छिरेका थिए । लगत्तै परिचालित प्रहरी टोलीले घटनामा संलग्नलाई पक्राउ गरेको उनले बताए । 

आक्रोशित बनेकाहरूले ट्रकमा तोडफोडसमेत गरिदिएका छन् । तोडफोटबाट ट्रकको अगाडिको शिशा फुटेको छ । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकाविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइने जानकारी दाहालले दिए । 

बलात्कारबाट बालिका गर्भवती 

मोरङको लेटाङमा बलात्कारबाट एक बालिका गर्भवती भएकी छन् । लेटाङ नगरपालिका–१ का ३० वर्षीय कृष्णबहादुर मगरको बलात्कारबाट १६ वर्षीया बालिका गर्भवती भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट मगरले पटकपटक बालिकालाई बलात्कार गरेको खुलेको छ । 

बालिकाको अहिले लगभग ६ महिनाको गर्भ छ । पेट ठूलो हुँदै गएपछि र लामो समयदेखि महिनावारी रोकिएपछि अभिभावकले सोधीखोजी गर्दा बलात्कारबाट बालिका गर्भवती भएको पत्ता लागेको डीएसपी दाहालले बताए । उनका अनुसार २०७९ चैत २३ गते आफू बलात्कृत भएको र त्यसपछि पनि पटकपटक बलात्कार गरेको पीडितले बताएकी छन् । 

पीडित पक्षबाट किटानी जाहेरी परेपछि मगर

लाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर भीमलाल ओली नेतृत्वको टोलीले मगरलाई लेटाङ–३ बाट पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको हो । 
प्रहरीले सोधपुछ गर्दा मगरले घटना स्वीकार गरेका छन् । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन प्रहरीले सोमबार अदालतबाट म्याद थपको तयारी गरेको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.