भैरहवामा बल्न थाले स्मार्ट लाइट

भैरहवामा बल्न थाले स्मार्ट लाइट
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)मा जडान भएको अत्याधुनिक सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) बल्न सुरु भएका छन्।

‘उज्यालो सिद्धार्थनगर’ अन्तर्गत सिद्धार्थनगर नगरपालिकाको कार्यालय र नेपाल विद्युत प्राधिकरणको लागत साझेदारी नगरको बजार क्षेत्रमा जडान गरिएको अत्याधुनिक सडक बत्ती बल्न सुरु भएको हो। अत्याधुनिक बत्ती बल्न सुरु भएसँगै नगरको बजार क्षेत्र उज्यालो देखिएको छ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ, उप प्रमुख उमा अधिकारी, नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख सुरज कुमार मिश्रले संयुक्त रुपमा बत्तीको स्विच अन गरेर स्मार्ट स्ट्रिट लाइटको उद्घाटन गरे।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खान निर्वाचित भएपश्चात नगरलाई उज्यालो बनाउन नगरमा स्मार्ट स्ट्रिट लाइट जडानका लागि पहल थालेका थिए। जसअनुसार गत २०७९ साल असारमा योजना सञ्चालनका लागि नगरपालिकाको कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको थियो। 

विद्युत प्राधिकरणले स्थानीय तहसगँको लागत साझेदारीमा ‘सहर उज्यालो कार्यक्रम’ ल्याएको छ। जसअनुसार नगरपालिकाको कार्यालयले नगरमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने सम्झौता गरेको थियो।

बजारको मुख्य चोक बुद्ध चोक, देवकोटा चोक, आँखा अस्पताल चोक र मायादेवी (एअरपोर्ट) चोक र सिद्धार्थ बसपार्कमा अत्याधुनिक हाइमास्ट लाइट समेत जडान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.