काभ्रेमा दुर्घटना हुँदा एक जनाको मृत्यु
काभ्रे : काभ्रेको पनौतीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार साँझ पनौती नगरपालिका-१० स्थित दाहालटारमा रोकिराखेको बा७च ६२७७ नम्बरको बोलेरोमा बा६५प ७१३९ नम्बरको स्कुटर अनियन्त्रित भई ठोक्किँदा स्कुटर चालक १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको हो।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। स्कुटरमा सवार पनौती-७ बस्ने ठाडोबाटोका सुबोध श्रेष्ठ सामान्य घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !