ट्राफिक नियम उल्लंघन गर्ने चार हजार सवारीलाई कारबाही

ट्राफिक नियम उल्लंघन गर्ने चार हजार सवारीलाई कारबाही

बागलुङ : बागलुङमा ट्राफिक नियम उल्लंघन गर्ने चार हजार बढी सवारी साधन कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालु आर्थिक वर्ष २०८०/०८१ को सुरुवाती तीन महिनमा ट्राफिक नियम उल्लंघन गर्ने चार हजार ४५० वटा सवारी साधनलाई कारबाही गरेको जनाएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख मिनबहादुर खड्काले साउनमा १ हजार ४२२ वटा, भदौमा १ हजार ४२८ र असोज महिनामा १ हजार ६ सय वटा सवारी साधनलाई कारबाही गरेको बताए।

उनले सवारी कारबाहीबाट तीन महिनामा ३२ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरिएको जानकारी दिए। श्रावणमा  ११ लाख २२ हजार ५ सय रुपैयाँ, भदौमा ९ लाख ८३ हजार ५ सय रुपैयाँ र असोजमा ११ लाख १० हजार रुपैयाँ राजस्व संकलन गरिएको बताए। 

कार्यालयले श्रावण महिनामा १२४ वटा ट्रक र टिपरलाई कारबाहीबाट ९१ हजार ५ सय रुपैयाँ, ११५ वटा बसबाट ८० हजार रुपैयाँ, ५१० वटा कार जिपबाट ३ लाख ८५ हजार रुपैयाँ, १४५ वटा ट्याक्टरबाट ९९ हजार ५ सय रुपैयाँ र ५२८ वटा मोटरसाइकल कारबाहीबाट ४ लाख ६६ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जनाएको छ।

यस्तै भदौ महिनामा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन्। ५३२ वटा मोटरसाइकल कारबाहीमा परेर ३ लाख ७० हजार रुपैयाँ, ४९१ वटा कार जिपलाई कारबाहीबाट ३ लाख ६५ हजार रुपैयाँ, १४३ वटा ट्याक्टर कारबाहीबाट ८७ हजार रुपैयाँ र १३८ वटा ट्रक र टिपर कारबाहीबाट ८२ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। 

असोज महिनामा १५४ वटा ट्रक र टिपर कारबाहीबाट १ लाख ५ हजार ५ सय रुपैयाँ, १०६ वटा बस कारबाहीबाट ६३  लाख ५ सय रुपैयाँ, ७६६ वटा कार र जिप कारबाहीबाट ५ लाख २६ हजार रुपैयाँ, १०५ वटा ट्याक्टर कारबाहीबाट ६१ लाख रुपैयाँ र ४६९ वटा मोटरसाइकल कारबाहीबाट ३ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले विदाको दिन सञ्चालन गरेका १६ वटा सवारी साधनलाई कारबाही गरेको छ। प्रमुख खड्काले विदाको दिन सञ्चालन गरेका १६ वटा सरकारी सवारी साधनलाई कारबाही गरेर १६ हजार रुपैयाँ राजस्व संकलन गरेको बताए। उनले विदाको समयमा पास नलिई बागलुङबाट अन्य जिल्ला जान लागेका र अन्य जिल्लाबाट बागलुङमा आए सरकारी सवारी साधनलाई कारबाही गरिएको बताए।

ट्राफिक प्रहरी कार्यालय बागलुङले नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाहीका साथै विद्यार्थी, सवारी चालक, व्यवसायी र सर्वसाधारणहरूलाई जनचेतनाका कार्यक्रमहरू समेत गर्दै आएको प्रमुख खड्काले बताए। 

उनले चालु आर्थिक वर्षको साउन देखि असोजसम्म गरिएको १ हजार १९९ पटक जनचेतनामुलक कार्यक्रममा ४५ हजार ७ सय भन्दा बढीको सहभागिता भएको बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.