बर्दियामा भित्र्याइयो फूलपाती

बर्दियामा भित्र्याइयो फूलपाती
बर्दियाको गुलरियामा डोलीमा निकालिएको फूलपाती । तस्बिर : यादव आचार्य
सुन्नुहोस्

गुलरिया : घटस्थापनाको सातौ दिन बर्दियामा धुमधामले फूलपाती भित्र्याइएको छ । बर्दियाको गुलरिया नगरपालिकास्थित बगलामुखी भगवती मन्दिर तथा कोटही मन्दिरमा संयुक्त सलामी दिँदै नेपाल प्रहरी र सशस्त्र  प्रहरी बल सीमा सुरक्षा कार्यालय बर्दियाले आ—आफ्ना कार्यालयका देवालयमा फूलपाती भित्र्याएका हुन् ।

शनिबार बिहान ८ बजेर २४ मिनेटमा फूलपाती एवम् तुलजा भवानीको यात्रा र स्थिरासन ९ बजेर २५ मिनेटको शुभसाइत पञ्चांग निर्णायक समितिले तोकेको थियो । सोही समयमा फुलपाती भित्र्याइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारीलगायत दुवै सुरक्षा निकायका प्रमुखले फूलपातीको विधिपूर्वक पूजा गरेका छन् । डोलीमा बोकेर ल्याइएका नवपत्रिकाहरू विधिपूर्वक पूजा गरी सुरक्षा निकायका कार्यालयमा लैजाने बर्दियामा प्रचलन छ । कदली, दाडिम, धान्य, हरिद्रा, अशोक, मानक, कर्चुर, बेल, जयन्तीलगायतका नवपत्रिका संकलन गरी सप्तमीका दिन फुलपातीका रुपमा पूजा गरिन्छ ।

null

शास्त्रोक्त विधि अनुसार षष्टी अर्थात फूलपातीको अघिल्लो दिन बेलको बृक्षलाई पूजा गरी निमन्त्रा दिने र फुलपातीका दिन तोकिएको साइतमा एउटै शाखामा फलेको तिनवटा बेलको फल टीप्ने मान्यता छ । यसरी संकलन गरिएका फुलपातीहरू घटस्थापना गरिएका जमरा घरमा प्रचलन अनुसार भित्र्याइने गरिन्छ । फुलपातीका दिन भित्राइएका नवपत्रिकाहरू कालरात्रीका दिन नव देवीका रुपमा पूजा गरिन्छ ।

शरदकालिय पूजा विधिमा उल्लेख गरिए अनुसार कालरात्रीको दिन मध्यरातमा कदल्यां (केरा) ब्राम्ह्णी, दाडिम (अनार) रक्तचण्डिका,धान्य (धान) लक्ष्मी,हरिद्रा (बेसार) दुर्गा, मानके चामुण्डा, बिल्बे (बेल) शिव, अशोक शोकहारिणी,जयन्ती कार्तिकी र कर्चुर कालिका देवीका रुपमा पूजा गरिन्छ ।

यसरी देवीको पूजा आराधना गर्नाले धनधान्य,यशकृतिलगायत शक्ति प्राप्त हुने मान्यता छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.