एमाले अध्यक्ष ओलीले गुटेरेसलाई भने- प्रधानमन्त्रीकै कारण शान्ति प्रक्रिया टुंग्याउन कठिनाइ


काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले हिंसालाई बढवा दिँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कठिनाइ भएको बताएका छन्। 

नेपाल भ्रमणका रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्री दाहालले अग्रसर लिनुको सट्टा हिंसालाई बढवा दिँदा कठिनाइ भएको बताए। 

ओलीले प्रधानमन्त्री दाहालकै कारण शान्ति प्रक्रिया टुंग्याउन कठिनाइ भइरहेको महासचिव गुटेरेसलाई जानकारी दिएका थिए। गुटेरेस र ओलीबीचको छलफल उदृत गर्दै नेता प्रदीप ज्ञवालीले भने, 'संक्रमणकालीन न्यायलाई अन्याय बनाउन नहुने र छिटो टुंग्याउन चाहेको कुरा अध्यक्षज्यूले राख्नुभयो।'

महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्‍याउन सुझाव दिए। एमाले अध्यक्ष ओलीसँगको भेटवार्तामा शान्ति प्रक्रिया लगाएत जलवायु परिवर्तनका विषयमा छलफल भएको एमाले नेता  ज्ञवालीले जानकारी दिए। 

भ्रमणका क्रममा गुटेरेस सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ भने कात्तिक १४ गते मंगलबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते फर्कने छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.