गठबन्धनको सरकार रहेसम्म मुलुक बर्बादितर्फ जान्छ र आर्थिक क्षेत्र सुधार हुन सक्दैन : पदम गिरी


नेकपा एमालेका मुख्य सचेतक पदम गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुकको आर्थिक क्षेत्र सुधार हुन नसक्ने बताउनुभएको छ ।

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गिरीले गठबन्धनको सरकार रहेसम्म मुलुक बर्बादितर्फ जाने र आर्थिक क्षेत्र पनि सुधार हुन नसक्ने बताए ।

अहिले आर्थिक क्षेत्र धरासयीमात्रै नभएर मन्दी नै आइसकेको भन्दै उनले आर्थिक रुपमा असफल मुलुक बन्ने खतरा रहेको जिकिर गरे। उनले छिटो भन्दा छिटो गठबन्धन भत्केर नयाँ कोर्षबाट राजनीतिलाई अघि बढाउनुपर्ने धारणा राखे ।

गिरीले गठबन्धनको सरकार भत्कनुपर्ने भएपनि एमाले भने सरकार ढाल्ने खेलमा नलागेको जिकिर गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.