ठेकेदार सांसदले सडक नबनाएपछि...

ठेकेदार सांसदले सडक नबनाएपछि...

सालको रुखमा टाँसिएको सांसद शाहीको तस्बिरसँगै लेखिएको छ, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’

दैलेख : कांग्रेस नेता दिक्पालकुमार शाही प्रतिनिधिसभा सदस्य हुन्। दैलेख निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद शाहीको पहिचान नेता र सांसदमात्रै होइन। उनी निर्माण व्यवसायी पनि हुन्। सांसद पदमा निर्वाचित हुनुअघि उनी पूर्णरूपमा निर्माण व्यवसायीको रूपमा परिचित थिए। उनै सांसद शाहीको निर्माण कम्पनीले ठेक्का पाएको सडक निर्माणको काम अलपत्र पारेको भन्दै पश्चिम सुर्खेतका स्थानीयले उनको खोजी गरेका छन्। सांसद शाहीको तस्बिर सालको रुखमा टाँसिएको छ।

सालको रुखमा टाँसिएको सांसद शाहीको तस्बिरसँगै लेखिएको छ, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ ?’ सडक निर्माणको काम अलपत्र पारेको भन्दै स्थानीयले रुखमा तस्बिर टाँसेर उक्त प्रश्न गरेका हुन्। अनक जयदेवी सनलाइट जेभी नेपालगन्ज–१३ बाँकेले मदन भण्डारी राजमार्गअन्तर्गत सुर्खेतको बड्डीचौर बिउरेनी बाबियाँचौर विद्यापुर खण्डको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा पाएको थियो। 

सडक कालोपत्रेको गर्ने जिम्मा पाएको लामो समय बितिसक्दासमेत निर्माण पूरा नगरेको भन्दै स्थानीयले उनको आलोचना गरिरहेका छन्। गत वर्षको असारमा कर्णाली प्रदेश सरकारका तत्कालीन सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सडक स्तरोन्नतिको शिलान्यास गरेका थिए। पूर्वाधार विकास निर्देशनालय सुर्खेत र अनक जयदेवी जेभीबीच ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँँ लागतमा ठेक्का सम्झौता भएको थियो। 

सडक निर्माणको कामले पूर्णता नपाउनुमा कार्यालयको नै कमजोरी रहेको सांसद शाही बताउँछन्। वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नहुँदा काममा ढिलाइ भएको उनको दाबी छ। ‘ईआईए भएको छैन, रुख काट्ने अनुमति पाएको छैन, गिट्टीबालुवा दिएका छैनन्, क्रसर राख्ने अनुमति भर्खरै पाएका छौं,’ उनले भने, ‘काम गर्न सरकार र स्थानीय तहले दिएका छैनन्।’ 

सडक निर्माणका लागि सम्भौता भइसकेपछि निर्माणकार्य गर्ने स्थलमा रुख भएको हुँदा बड्डीचौर सब—डिभिजन वन कार्यालयले काम गर्न नदिएर अहिलेसम्म कम्पनीले आर्थिक क्षति व्यहोर्नु परिरहेको कम्पनीको दाबी छ। कम्पनीका प्रतिनिधि सन्देश शाहीले गत पुस ११ गते सडक निर्माणको काम गर्ने क्रममा धेरैजसो स्थलमा रुखहरू पर्ने भएकोले रुख काट्ने व्यवस्थाको प्रक्रिया मिलाइदिन निर्देशनालयलार्ई पत्राचारसमेत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.