गुल्मीमा किशोरीको शव फेला
किशोरी बिहिबार दिउँसो ११ बजे खेतलालाई सुर्ती ल्याइदिन बजार गएपछि सम्पर्कविहीन भएकी थिइन्।
कार्तिक : गुल्मीमा एक किशोरीको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका -४ शान्तिपुर बजार नजिकैको झोलुङ्गे पुलमुनि खोलामा नग्न अवस्थामा १५ वर्षीया किशोरीको शव फेला परेको हो ।
किशोरी बिहिबार दिउँसो ११ बजे धान स्याहार गर्ने खेतलालाई सुर्ती ल्याइदिन बजार गएको तर सम्पर्कमा नआएपछि परिवारले प्रहरीलाई खोजतलासीको लागि खबर गरेका थिए । किशोरीको हत्या भएको आशंका गरिएको छ ।
घटनास्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली गएको छ । घटनाबारे थप जानकारी आएपछि विवरण उपलब्ध गराउने जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।