हल्ला र गालीले देश बन्दैन : नेता राणा

हल्ला र गालीले देश बन्दैन : नेता राणा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

फिदिम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयसमशेर राणाले नयाँ पार्टीले गाली गर्न मात्र जानेको बताएका छन् । काम गर्न जान्नेले अरुलाई गाली नगर्ने राणाले तर्क गरे । नेपाली कांग्रेस पाँचथरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपालगायतका पार्टीले संसदभित्र र बाहिर अरु पार्टीलाई गाली गरेर समय बिताउने गरेको आरोप लगाए।

‘देशमा सुशासन छैन । भ्रष्टाचारले देश थलिएको सबैलाई थाहा छ,’ रास्वपाप्रति इंगित गर्दै राणाले भने, ‘यस्तो अवस्थाबाट देशलाई सुधार्ने विकल्पको बारेमा अलमल भएको छ । देश बनाउने हो भने उत्तम विकल्पका साथ आउनुपर्छ । हल्ला र गालीले देश बन्दैन ।’

सम्बोधनकै क्रममा राणाले देशको शासन प्रणाली नै अलमलिएकाले मुलुकको अर्थतन्त्र र भविष्य नै अलमलिएको बताए । ‘देशको भविष्य नै अलमलमा परेको बेला प्रधानमन्त्रीको ध्यान सरकार टिकाउनमा मात्रै छ,’ राणाले भने, ‘अरु ठूला दलका शीर्ष नेताहरुको ध्यान पनि प्रधानमन्त्री कसरी बन्ने भन्नेमा मात्र छ ।’ 

ठूला दलका शीर्ष नेताहरुमा देशको चिन्ता नभएकाले अवस्था बिग्रिएको राणाले तर्क गरे । स्थिर सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने राणाको जोड थियो । ‘देशको निकाशका लागि प्रत्यक्ष निर्वाचित प्रधामन्त्री बनाउन कांग्रेस तयार हुनुपर्छ,’राणाले भने, ‘अहिलेको आवश्यकता प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हो ।’

वर्तमान गठबन्धनको कुरा गर्दै राणाले बाध्यताले मात्र प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्नु परेको उल्लेख गरे । फिदिमस्थित शनिबारेमा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कांग्रेस पाँचथरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.