संविधानको मर्म अनुरूप नै शिक्षा विधेयक तयार पारिएको हो : शिक्षामन्त्री

संविधानको मर्म अनुरूप नै शिक्षा विधेयक तयार पारिएको हो : शिक्षामन्त्री

महोत्तरी : शिक्षा विधेयक ऐन संविधानकै मर्मअनुरूप तयार भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले बताएका छन्। 

शनिबार महोत्तरीको गौशालामा आयोजित विद्यालय भवनलाई समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले नेपालको संविधान २०७२ मा उल्लेख भएको बुँदालाई टेकेर शिक्षा विधेयक तयार भएको बताएका हुन्। 

सामुदायिक शिक्षालयलाई स्थानीय सरकारकै मातहतमा राखेर तयार भएको शिक्षा विधेयक अहिले सदनमा विचाराधीन अवस्थामा रहेको मन्त्री राईले बताए। उनले भने, 'ऐन पारित भएपछि समग्र शिक्षा सुधारमा आउनेछ। यसले सामुदायिक विद्यालयमा हाल कायम रहेको दरबन्दी परिपूर्ति हुनेछ। एकपटकका लागि उमेर हद नलाग्ने शर्तमा स्थायी प्रक्रियाका लागि सरकार प्रयासरत रहेको छ। यसले सामुदायिक विद्यालयको जनशक्तिलाई परिपूर्ति गर्नेछ।'

३ करोड ५ लाखको लागतमा निर्माण भएको १२ कोठे भवन ८ महिनाको समयावधिमा तयार भएको विद्यालयका प्रधानाध्यापक विनोदकुमार महतोले बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.