‘नेपालको दुःखमा हाम्रो साथ छ’

‘नेपालको दुःखमा हाम्रो साथ छ’
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : विभिन्न राष्ट्रहरूले भूकम्प प्रभावित जिल्लाहरूमा राहत र उपचारमा सहयोगका लागि नेपालको साथमा रहेको विश्वास दिलाएका छन्। विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री र नेपालस्थित राजदूतावासले भूकम्पमा ज्यान गुमाएकाहरूप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेका छन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बिहान सामाजिक सञ्जालमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस दुःखद घडीमा भारत नेपाली जनताका साथमा उभिएको बताएका छन्। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको ट्वीटर ह्यान्डललाई मेन्सन गर्दै ‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्छु। दुःखद घडीमा भारत नेपाली जनतासँगै उभिएको छ र सबै किमिसमको सहयोग गर्न तयार छ’, मोदीले लेखेका छन्।

यसैगरी रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले भूकम्पबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै यस दुःखद घटनाबाट पीडित नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका छन्। 

यसैगरी चीन सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन सोङले दक्षिण एसियाका मुलुकका लागि स्थापना गरिएको कोषबाट राहत सामग्री दिने जानकारी दिए। 

उक्त सामग्री केही दिनमै प्रभावित क्षेत्रमा पुर्‍याइने राजदूत सोङले जनाए। नेपालस्थित अमेरिकी दूतावासले पनि भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेको छ। नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका सदैव तत्पर रहेको दूतावासले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.