भूकम्पपीडितका लागि कुश्मा नगरले पाँच लाख सहयोग गर्ने

भूकम्पपीडितका लागि कुश्मा नगरले पाँच लाख सहयोग गर्ने
सुन्नुहोस्

बागलुङ : पर्वतको कुश्मा नगरपालिकाले कर्णाली प्रदेशको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितका लागि आर्थिक सहयोग गर्ने भएको छ। 

नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आइतबार शोक विज्ञप्ति प्रकाशित गरेर नगरपालिकाले भूकम्प पीडितका लागि ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने बताएका छन्। 

नगरप्रमुख जोशिले नगरपालिकाका कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम र जनप्रतिनिधिहरूको ५ दिनको सेवा सुविधा वापतको उक्त रकम भूकम्प पीडितहरूका लागि खडा गरिएको सरकारको विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने बताए। उनले भूकम्प पीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि उक्त रकम सहयोग गर्न लागेको बताए। 

नगरपालिकाले महाविपत्तिको क्षणमा घाइतेहरूको उद्धार, पीडितहरूका लागि राहत तथा पुनर्स्थापनामा जुट्न सबै सरकारी, गैरसरकारी संघसंस्था, राजनीतिक दल, स्थानीय तहहरू, नागरिक समाज एवं सम्बद्ध सबै सरोकारवालाहरूप्रति आग्रह गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.