डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकाले भूकम्प प्रभावितलाई तीन लाख सहयोग गर्ने
![डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकाले भूकम्प प्रभावितलाई तीन लाख सहयोग गर्ने](https://annapurnapost.prixacdn.net/media/albums/rukum-paschim_8OMb3MU0bQ_P2NIRVqz3G.jpg)
डोल्पा : हिमाली जिल्ला डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकाले भूकम्प पीडितलाई तीन लाख सहयोगको घोषणा गरेको छ । भूकम्प प्रभावित जिल्लाका नागरिकहरूको राहत,उद्वार र पुन स्थापनाका लागि हातेमालो गर्दै विपत व्यवस्थापन कोषबाट तीन लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो जनधनको क्षति भएकाले आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनि गाउँपालिकाले अपिल गरेको छ ।
शुक्रबार राती जाजरकोट रामडाँडा आसपास केन्द्रविन्दु गएर गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छ। करिब २ सय जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
भूकम्प पीडितहरूका लागि सहयोग गर्ने भन्दै घोषणा गर्ने र केही राहत लिएर आउनेहरुको भीड लागेपनि पीडितहरू खुला आकाश मुनि रात कटाइरहेका छन्। उनीहरूले पर्याप्त मात्रामा त्रिपाल,ओढ्ने,ओछ्याउने र खाना पाउन सकेका छैनन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)