वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण
विराटनगर : विराटनगरमा रहेको मानवसेवा आश्रममा आश्रित ७० जना वृद्धवृद्धा र बालबालिकालाई बुधबार न्यानो कपडा वितरण गरिएको छ।
विराटनगर महानगरपालिका-१० स्थित आश्रममा रहेका वृद्धवृद्धा र बालबालिकालाई नेपाल प्रहरी श्रीमती संघ कोसी प्रदेशले न्यानो कपडा वितरण गरेको हो। नजिकिँदै गरेको जाडोलाई मध्यनजर गरेर कपडा वितरण गरिएको संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाले बताइन्।
कपडा वितरण कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी उनले आश्रममा आश्रित ६० जना वृद्धवृद्धा र १० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको जानकारी दिइन्। ‘ओढ्ने र ओछ्याउने तथा लगाउने कपडा नभएर जाडो मौसममा कठ्यांग्रिन नपरोस् भनेर न्यानो कपडा वितरण गरिएको हो,’ उनले भनिन्, ‘त्यसक्रममा वृद्धवृद्धासँग मनोभावनासमेत साटासाट गरिएको छ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)