ठूलो परिमाणमा पटका नष्ट

ठूलो परिमाणमा पटका नष्ट
सुन्नुहोस्

मलंगवा : जिल्ला प्रहरी कार्यालयले बरामद गरेको पटका नष्ट गरेको छ। मलंगवा नगरपालिका-८ बाट ठूलो मात्रामा बरामद गरेको पटका बिहीबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले नष्ट गरेको छ। 

१५ लाख ३५ हजार बराबरको पटका बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। भारतबाट लुकाई छिपाई ल्याएको झिरझिरे १५ कार्टुन, फ्लावर पटका ५ कार्टुन, नागिन पटका ६ बोरा, फुलझरी २ बोरा, बुलेट बम, फिस बम लगायतका पटका नष्ट गरिएको छ। पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक प्रवीण धितालले पटका नष्ट गरेको छ। 

त्यसैगरी भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको चाँदीका तयार गहनासहित एक जनालाई पक्राउ गरेको छ। १ किलो ९ सय ५० ग्राम चाँदीको तयार गहनासहित भारत सितामढी जिल्ला बसतपुर ग्राम पंचायत-७ का १९ वर्षीय लभ दासलाई पक्राउ गरेको छ। 

साइकलमा आउँदै गरेको दासलाई मलंगवा-८ लच्कामा खान तलासी गर्दा कम्मरमा बाँधेको अवस्थामा गहना बरामद गरिएको प्रहरीले जानकारी दिएका छन्। 

बरामद गरिएका गहनामा ठूलो सिक्का, सानो सिक्का, हनुमानी, औंठी, पायल, ब्रासलेट, प्लेट, लक्ष्मी गणेशको मूर्ति र सिक्री रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको चाँदीको गहनाको मूल्य २ लाख ३२ हजार रहेको प्रहरीले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.