विद्यालयमा भान्साघर कार्यक्रम सञ्चालन
नुवाकोट : नुवाकोटको शिवपुरी गाउँपालिकाका १० वटा विद्यालयमा भान्साघर कार्यक्रम सञ्चालन भएको छ।
कार्यक्रम अन्तर्गत विद्यालयमा भान्सा घर र बालमैत्री हात धुने धारा निर्माण सुरु भएका छन्। संरचना निर्माणका लागि १० विद्यालय छनौट गरिएको छ।
सो कार्यक्रम विश्व खाद्य कार्यक्रमका संयोजक डा. दीपक गौतमले पालिका अध्यक्ष गोविन्दप्रसाद थपलियालाई हस्तान्तरण गरे। सो कार्यको कुल लागत १ करोड २९ लाख ६७ हजार ७ सय १३ रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस !
४