जाजरकोट भूकम्प : घाइते नगर प्रहरीको उपचारका क्रममा मृत्यु, मृतकको संख्या १५४ पुग्यो
![जाजरकोट भूकम्प : घाइते नगर प्रहरीको उपचारका क्रममा मृत्यु, मृतकको संख्या १५४ पुग्यो](https://annapurnapost.prixacdn.net/media/albums/bhukiampa_W6litU9OKR_BXun4KU8nj.jpg)
विरेन्द्रनगर : जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घाइते एकजनाको मृत्यु भएको छ। रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ का २६ वर्षीय निरज विष्टको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा शुक्रबार मृत्यु भएको हो।
नगर प्रहरी कार्यालय चौरजहारीमा कार्यरत नगर प्रहरी जवान विष्टको उपचारका क्रममा मृत्यु भएको हो। उनको शुक्रबार बिहान ८ : ४५ बजेतिर प्रदेश अस्पताल सुर्खेतले जनाएको छ। योसहित जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ।
जसमा १०१ जाजरकोटका र ५३ जना रुकुम पश्चिका छन्।
भूकम्पमा परी ३७२ जना घाइते भएका छन्। घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बिहीबार दिउँसोसम्म उपचारत २८३ जना घाइते डिस्चार्ज भएको प्रहरीले जनाएको छ। ८९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)