समानान्तर पार्टी गठन गर्नेलाई कारबाही गर्ने जसपाको चेतावनी

समानान्तर पार्टी गठन गर्नेलाई कारबाही गर्ने जसपाको चेतावनी
सुन्नुहोस्

राजविराज : जनता समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले पार्टी विरोधी क्रियाकलापमा संलग्नहरूमाथि कारबाही गर्ने बताएका छन्। 

जसपा सप्तरीद्वारा राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो चेतावनी दिएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले पार्टीमा बसेर अन्तर्घात गर्ने नेता, कार्यकर्ताहरूमाथि कारबाही हुने बताए। 'केही व्यक्तिहरूले कार्यकर्तालाई झुक्याएर गुटको भेला गरी अवैधानिक समिति घोषणा गरेको कुरा सार्वजनिक भएको छ। उक्त कार्य जसपाको विधान विपरीत र पार्टीविरोधी हो। शुक्रबार बसेको जिल्ला कार्यसमितिको बैठकले उनीहरूमाथि छानबिन गरी कारबाही गर्ने सर्वसम्मत निर्णय भएकाले आजैदेखि कारबाही प्रक्रिया अगाडि बढनेछ,' उनले भने।

कतिपय कार्यकर्ता अन्यौलमा परेर गएको हुनसक्ने बताउँदै अध्यक्ष यादवले उनीहरूलाई सफाईको मौका दिइने तथा पार्टीलाई कमजोर पार्ने योजना बमोजिम जानीजानी गुटभेला आयोजना गर्नेको पहिचान गरी कारबाही स्वरुप पहिलो चरणमा स्पष्टीकरण सोधिने बताए। उनले चित्तबुझ्दो जवाफसहित आत्मलोचना नगर्ने कार्यकर्तामाथि पार्टी विधान अनुसार कारबाही हुने स्पष्ट पारे।

अध्यक्ष यादवले जिल्ला स्तरीय सम्मका नेता, कार्यकर्तालाई जिल्लाबाटै कारबाही हुने र माथिल्लो तहका नेताको नाम कारवाहीका लागि प्रदेश र केन्द्रमा सिफारिस गर्ने जिल्ला समितिको निर्णय बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने जानकारी दिए। उनले जिल्ला कार्यसमिति निष्क्रिय भनी लगाएको आरोप निराधार रहेको टिप्पणीसमेत गरे। 

'पार्टीको तीन महिने संगठन विस्तार अभियानको तत्कालीन पार्टीका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले असोज २२ गते उद्घाटन गरेपछि जिल्लाभर पार्टीको साँगठनिक गतिविधिले तीव्रता लिएको छ। निष्क्रिय भनी आरोप लगाउने व्यक्तिहरु नै गाउँपालिका स्तरीय संगठन विस्तार अभियानमा मसँगै पूर्णरूपले सहभागी भएका छन्। यो सरासर पार्टीलाई कमजोर पार्ने रणनीतिमात्रै हो,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.