बर्दिया राष्ट्रिय निकुञ्जबाट बिरामी पाटेबाघको उद्धार

बर्दिया राष्ट्रिय निकुञ्जबाट बिरामी पाटेबाघको उद्धार
उद्धार गरिएको बिरामी पाटेबाघ। तस्बिर सौजन्य : बर्दिया राष्ट्रिय निकुञ्ज
सुन्नुहोस्

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिका- २ कर्मलादेखि अगाडि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको छ । बिरामी तथा घाक्षते अवस्थामा रहेको पोथी पाटेबाघ रेखदेखलगायत उपचारको लागि उद्धार गरिएको हो ।

घिस्रिदै हिँड्दै गरेको पोथी पाटेबाघलाई डार्टमार्फत लठ्याएर नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए । १३/१४ वर्ष उमेर पुगेको पोथी पाटेबाघ सन् २०१३ को बाघ गणनाका क्रममा अटोमेटिक क्यामेरामा परेवा ओडारमा तस्बिर कैद भएको थियो । 

गम्भीर बिरामी अवस्थामा भेटिएको परेवा ओडार पोथी नाम दिइएको उक्त पाटेबाघलाई उचित राख्ने ठाउँ नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राखिएको अधिकृत दाहालले जानकारी दिए । निकुञ्जले विभिन्न समयमा नियन्त्रणमा लिएको पाटेबाघमध्ये २ वटा रम्भापुरमा र ३ वटा बर्दिया राष्ट्रिय निकुञ्ज खोरमा गरी ५ वटा पाटेबाघ राखिएका छन् । 

बर्दियामा नियन्त्रणमाा लिइएका बाघ राख्नका लागि उपयुक्त स्थान नभएपछि समस्या आउने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.