अस्पताल छ, छैनन् चिकित्सक

अस्पताल छ, छैनन् चिकित्सक
फाइल तस्बिर।
सुन्नुहोस्

जोमसोम :दुर्गमका धेरैजसो जिल्लामा अस्पताल हुन्छ, तर सेवा प्रवाह चुस्त हुँदैन। यसको कारण मूल कारण हो दक्ष जनशक्ति व्यवस्थापन र आवश्यक स्वास्थ्य पूर्वाधार नहुनु। यतिबेला यस्तै एक समस्या खेपिरहेको छ मुस्ताङ अस्पतालले। मुस्ताङ जिल्ला दुर्गम भएकै कारण यहाँको अस्पतालमा चिकित्सकको खडेरी लागेको छ।

२०३१ सालमा स्थापना भएको मुस्ताङ अस्पतालको इतिहास ५२ वर्ष नाघिसकेको छ। तर, यहाँँका नागरिकले स्वास्थ्य सेवाको पहुँच राम्ररी पाएको अनुभूति गर्न सकेका छैनन्। अस्पतालको भौतिक तथा स्वास्थ्य पूर्वाधारहरूमा आवश्यकता अनुसार क्रमिक रुपले सुधारोन्मुख हुँदै जान थालेपछि अस्पतालमा चिकित्सक अडिन नसक्दा नागरिकले भनेको समयमा भरपर्दो स्वास्थ्य सेवा पाउँन वञ्चित हुनु परेको छ।

मुस्ताङ जिल्ला अस्पतालमा शल्यक्रिया, भेन्टिलेटर, भिडियो एक्सरे, एक्सरे र ल्याबको सबै स्वास्थ्य पूर्वाधारहरूको बन्दोबस्त गरिएको छ। तर, स्वास्थ्य उपकरण प्रयोग गर्ने स्वास्थ्य चिकित्सक र टेक्निसियन नहुँदा मुस्ताङ अस्पतालमा स्थानीय नागरिकको चरम असुन्तुष्टि छ। संघीयतापछि प्रदेश सरकारको मातहतमा रहेको मुस्ताङमा अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्थापन गर्न नत प्रदेश सरकारले चासो दिएको छ, न त, अस्पताल व्यवस्थापन समितिले नै। मुस्ताङ अस्पताल प्रशासनले चिकित्सक व्यवस्थापनमा पहल गरेको जनाए पनि अस्पतालमा चिकित्सक अभावको समस्या ज्यूका त्यूँ नै छ।

एकजना नवौं तहको एमडी चिकित्सकसहित १८ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको मुस्ताङ अस्पतालमा अहिले आधा पनि जनशक्ति नभएको पाइएको छ। भएका जनशक्तिमा पनि धेरैजसो कार्यालय सहयोगी नै बढी छन्। अहिले मुस्ताङ अस्पतालमा एकजना आठौं तहका मेसु चिकित्सकसहित २ जना मात्रै छन्। २४सै घण्टा सेवा प्रवाह गर्नुपर्ने स्वास्थ्य जस्तो संम्वेदनशील संस्थामा चिकित्सक अभाव हुँदा यहाँँका स्थानीय नागरिक, पर्यटक र यहाँँ कामदार गरी बस्ने अस्थायी नागरिकलार्ई स्वास्थ्य उपचारमा निकै ठूलो समस्या पर्ने गरेको पाइएको छ।

१५ श्ययाबाट २५ श्ययामा बढोत्तरी गरिएको मुस्ताङ अस्पतालमा करोडौंं लागतमा स्वास्थ्य भवन निर्माणधीन अवस्थामा छ। तर, विशाल भवन जस्तै स्वास्थ्य उपचार पाउन नसक्नु दुर्गम क्षेत्र भएकै एक पीडा हो। अहिले अस्पतालको शल्यक्रिया, भिडियो एक्सरे सुविधा ठप्पै छ। दुई वर्षअघि शल्यक्रिया सेवा सुविधा दिन थालिएको अस्पतालमा एमडीजीपी चिकित्सक स्थायी रूपमा टिक्न सकेका छैनन्। अस्पतालबाट एमडीजीपी चिकित्सक डा. कुन्दन कर्ण र मुखिया घलेले अस्पताल छोडेर गएपछि नयाँ एमडीजीपी चिकित्सक झिकाउन मुस्किल परेको छ। पटक–पटक प्रदेश सरकार र सरोकारवालालार्ई लिखित र मौखिक ध्यानार्कषण गराए पनि चिकित्सक आउन नसकेको अस्पतालका निमित्त मेसु तेजेश नेपालले बताए। अस्पतालमा नागरिकको गुनासो बढेको सुनेको र त्यसको मुख्य कारण चिकित्सक व्यवस्थापन नै भएको जनाए।

त्यसो त मुस्ताङ अस्पतालमा स्वास्थ्यकर्मीहरूले अस्पतालको सेवामा खुलेर चासो नदिएको गुनासो पनि छ। चिकित्सक र अन्य स्वास्थ्यकर्मीलार्ई सेवा लिनका लागि फोन गरेर बोलाउनु पर्ने बिडम्वना छ। तर, यी सबै आरोप सत्य नभएको मेसु नेपालको भनाइ छ। उनले चिकित्सक, अहेब, प्यारामेडिसियन र ल्याब टेक्निसियन अभाव भए पनि आफूहरू कार्यक्षेत्र छोडेर बाहिर नगएको दाबी गरे।
अस्पतालबाट रिफर गरिएका क्रिटिकल बिरामीलार्ई सुगमको अस्पतालमा लैजान समेत भरपर्दो एम्बुलेन्स छैन। अस्पतालका मेसु नेपालले अस्पतालका लागि एम्बुलेन्स खरिद प्रक्रियामा रहेको जानकारी दिए।

मुस्ताङ अस्पतालमा बग्रेल्ती स्वास्थ्य समस्याका चाँङैचाङ रहे पनि यसको सुधारमा कसैको ध्यान पुग्न सकेको देखिँदैन। यसैगरी मुस्ताङ अस्पतालबाट क्रिटिकल बिरामी सुगम अस्पताल लैजाँदा हवार्ई सेवा भए पनि स्थानीय विपन्न नागरिकको पहुँचमा छैन। उनीहरूको हेलिकोप्टर चार्टर गर्ने सामथ्र्य पनि हुँदैन। कुनै विपद््का संम्भावित घटनाका घटेको अवस्थामा त झनैै यहाँँका अस्पतालको सेवा सहज रूपमा कस्तो होला कल्पना गर्न सकिन्न। यहाँँका नागरिकलार्ई भरपर्दो स्वास्थ्य उपचार, हवार्ई सेवामा पहुँच र एम्बुलेन्स सेवा लिन कठिनाइ हुँदा मुस्ताङका नागरिकले निकै ठूलो स्वास्थ्य समस्या भोग्न बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.