विद्यालयलाई तीनवटा कम्प्युटर हस्तान्तरण
नुवाकोट : नुवाकोटको एउटा विद्यालयमा तीनवटा कम्प्युटर हस्तान्तरण गरिएको छ।
किस्पाङ गाउँपालिकामा रहेको साल्मे माध्यमिक विद्यालयलाई तीनवटा कम्प्युटरका साथै २ सय ७ विद्यार्थीलाई न्यानो कपडा र पानीको बोतल वितरण गरिएको हो।