ट्याक्टरबाट खसेर युवकको मृत्यु, बस दुर्घटनामा १८ जना घाइते

ट्याक्टरबाट खसेर युवकको मृत्यु, बस दुर्घटनामा १८ जना घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको छुट्टाछुट्टै स्थानमा मंगलबार एकबिहानै सवारी दुर्घटना हुँदा एक जना युवको मृत्यु भएको छ । बालबालिकासहित १८ जना घाइते भएका छन् । 

उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो भने जहदा गाउँपालिकामा विहेको जन्ती बोकेको बस अनियन्त्रित भई दुर्घटनामा पर्दा अधिकांश बालबालिकासहित १८ जना घाइते भएका छन् । बिहान करिब ७ः१० बजेतिर उर्लाबारी नगरपालिका–५ को तरुण चोकमा ट्याक्टर दुर्घटना भएको हो । उर्लाबारी–मधुमल्ला सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १६४२ नम्बरको ट्याक्टरबाट खस्दा उर्लाबारी–६ का २० वर्षीय देवेन्द्र मगरको ज्यान गएको हो । 

गम्भीर घाइते भएका मगरलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । मोरङ प्रहरीकाका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार दुर्घटनापछि ट्याक्टर र चालक झापाको दमक नगरपालिका–४ का १९ वर्षीय बुद्ध तामाङलाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

त्यस्तै,  बिहान करिब ५ः३० बजेतिर जहदा गाउँपालिका–२ को मिलन चोकमा बस दुर्घटनामा परेको छ । उत्तरबाट दक्षिणतर्फ गइरहेको प्रदेश १–०४–००१ ख ००८७ नम्बरको यात्रुवाहक बस अचानक अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा जहदा–२ कै १८ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये अधिकांश बालबालिका रहेका छन् ।

घाइते हुनेहरूमा १८ वर्षीया राधा ऋषिदेव, १५ वर्षीया रन्जिता ऋषिदेव, १४ वर्षीया पुष्पा ऋषिदेव, २२ वर्षीया सरस्वती ऋषिदेव, ५ वर्षीय रितेश ऋषिदेव, २० वर्षीय विशाल ऋषिदेव, १९ वर्षीया काजल ऋषिदेव, ७ वर्षीय विशाल ऋषिदेव, १९ वर्षीय कृष्ण ऋषिदेव, १६ वर्षीय विशाल ऋषिदेव, १७ वर्षीया राधिका ऋषिदेव, २० वर्षीया बुधनी ऋषिदेव, १५ वर्षीया राधा ऋषिदेव, १९ वर्षीया रुपा ऋषिदेव, ९ वर्षीया रिया ऋषिदेव, १४ वर्षीय ओम ऋषिदेव, ११ वर्षीय सुमन ऋषिदेव र १५ वर्षीय राज ऋषिदेव रहेको प्रहरीले जनाएको छ । 

उनीहरू सबैको विराटनगरस्थित प्राइम अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ । दुर्घटनापछि बस चालक फरार भएकाले उनको खोजी भइरहेको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको डीएसप्ी मिश्रले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.