बारामा धान खेतको पानीमा डुबेर १८ महिने बालिकाको मृत्यु
सिमराः बाराको सुवर्ण गाउँपालिकामा धान खेतमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महागढीमाई नगरपालिका-९ बलुवा निवासी राजेन्द्र महतोकी १८ महिने छोरी लालुकुमारी महतो रहेकी छिन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सुवर्ण गाउँपालिका-७ चौरहियास्थित आफ्नो मामाघरमा आएकी बालिकाको डुबेर मृत्यु भएको हो। उनी आइतबार साँझ घर पछाडि रहेको तारा चन्द साहको धान खेतमा जमेको पानीमा डुबेको र घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !