रसुवागढी नाका जोड्ने सडकमा साँझ ७ बजेपछि सवारी साधन सञ्चालनमा गर्न रोक
काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवै सडकमा साँझ ७ बजेपछि सवारी साधन सञ्चालनमा गर्न रोक लगाइएको छ।
जिल्ला सुरक्षा समिति रसुवाको आज बसेको बैठकले बेत्रावती- मैलुङ-स्याफ्रुवेशी -रसुवागढी सडक खण्ड र पासाङ ल्हामु राजमार्ग अन्तर्गत ग्राङदेखि धुन्चेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।
यो निर्णय आज साँझ ७ बजेबाट लागु हुनेछ। समितिका अनुसार साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेस, दमकल, सुरक्षा निकायका सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालन गर्न पाइने छैन।
भिरालो धरातलीय भू-बनोट, कमजोर चट्टान / माटोको प्रकृति, नदी किनाराका सडकहरुको सम्भावित कटानी र जोखिमयुक्त सडक तथा मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !