पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्व राजा शाह झापामा, सुरक्षा व्यवस्था कडा

पृथ्वीनारायणको सालिक अनावरण गर्न पूर्व राजा शाह झापामा, सुरक्षा व्यवस्था कडा
तस्बिर : पार्थ मण्डल

झापा : बिर्तामोडस्थित इकोम कलेजको आयोजनामा राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न झापा आइपुगेका पूर्व राजा ज्ञानेन्द्र शाहको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। शुक्रबार अपराह्न झापा आइपुगेका पूर्व राजा शाह धुलाबारीस्थित मेची रिसोर्टमा बसेका छन्। 

आज दिउँसो १ बजे पूर्व राजा शाह इकोम कलेजको आयोजनामा हुने सालिक अनावरण कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। कलेजकै कार्यक्रममा सहभागी हुन आएका पूर्व राजा शाहलाई मौका छोपी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राजवादी पक्षधरहरूले उनको पक्षमा बृहत् स्वागत र्‍याली निकाल्ने भएका छन्। 

nullराप्रपा कार्यकर्ता र राजावादी पक्षधरको भेला हुँदै 

मेची रिसोर्टबाट निस्कन साथ पूर्व राजा शाहलाई राप्रपा कार्यकर्ता र राजवादी पक्षधरहरूले  मोटरसाइकल स्कर्टिङ गरी बिर्तामोडसम्म लैजाने कार्यक्रम रहेको जनाइएको छ। अहिले राप्रपा कार्यकर्ता र राजवादी पक्षधरको धुलाबारीमा जमघट भइरहेको छ। 

null

पूर्व राजा शाहको कार्यक्रमलाई लक्षित गरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।‘धुलाबारीदेखि बिर्तामोडसम्मको जोड्ने पूर्व–पश्चिम राजमार्गमा कडा सुरक्षा व्यवस्था मिलाएका छौँ,’ डीएसपी रिजालले भने, ‘शान्तिपूर्ण र्‍याली कार्यक्रममा हुलदङ्गा हुन नदिन ठाउँ–ठाउँमा प्रहरी परिचालन गरेका छौँ।’ र्‍यालीका कारण राजमार्ग अवरुद्ध हुन नदिन ट्राफिक प्रहरी पनि तैनाथ गरिएको उनले बताए। null

यता इकोम कलेजले सालिक अनावरण कार्यक्रमको तयारी पूरा गरिसकेको जनाएको छ। कलेजभन्दा बाहिर अरूले राजनीतिक कार्यक्रम गर्न खोजेपनि कलेजको प्राङ्गणभित्र राजनीतिक गतिविधि हुन नदिने कलेजका अध्यक्ष आलोक कार्कीले बताएका छन्। पूर्व राजा शाहको हातबाट सालिक अनावरण र कलेज उद्घाटन कार्यक्रम रहेको उनले जानकारी दिए।   
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.