ट्याक्टरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु

ट्याक्टरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

विराटनगर : पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा रोकेर राखेको ट्याक्टरमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ । प्रदेश १–०४–००१ त ०३३९ नम्बरको ट्याक्टरमा आइतबार साँझ ६:३० बजेतिर पूर्वतर्फ जाँदै गरेको मे ९ प ७१८० नम्बरको स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा स्कुटर चालक झापाको दमक नगरपालिका–५ का ३५ वर्षीय सानेकुमार राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । 

ट्याक्टर र चालक मोरङको उर्लाबारी नगरपालिका–३ का ४३ वर्षीय कर्णबहादुर याक्खालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । मृतक स्कुटर चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका कागजात फेला नपरेको डीएसपी दाहालले बताए । उनका अनुसार स्कुटरको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.