चिम्टेश्वरमा पर्यटक ल्याउन पहल

चिम्टेश्वरमा पर्यटक ल्याउन पहल
सुन्नुहोस्

नुवाकोट : आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि नुवाकोटमा कार्यक्रम सञ्चालन भएका छन्। बेलकोटगढी नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक क्षेत्र चिम्टेश्वरको प्रवर्द्धन गर्न समिति गठन गरिएको हो। 

बेलकोटगढी नगरपालिकाको कार्यपालिका बैठकबाट समिति गठन गर्ने निर्णयसँगै यसको अध्यक्षको जिम्मेवारी बेलकोटगढी– २ का वडाध्यक्ष रामचन्द्र तिमिल्सिनालाई दिइएको छ। समितिको संरक्षकमा मेयर जगतबहादुर गुरुङ र सल्लाहकारमा उपमेयर शिवप्रसाद दाहाल रहेका छन्। 

बेलकोटगढीलाई पर्यटनमार्फत चिनाउने र आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यकासाथ समिति गठन गरेर यसको प्रचार प्रसार थालिएको मेयर जगतबहादुर गुरुङको भनाइ छ। बेलकोटगढीको माथिल्लो भेगमा रहेको चिम्टेश्वर धार्मिक तथा ऐतिहासिक रूपले निकै प्रख्यात रहेको छ। 

पछिल्लो समय उक्त क्षेत्रमा आन्तरिक पर्यटकसमेत घुम्न तथा मन्दिर दर्शनका लागि जाने गरेको उपमेयर शिवप्रसाद दाहालको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.