दुप्चेश्वरलाई जिल्लास्तरीय भलिबलको उपाधि

दुप्चेश्वरलाई जिल्लास्तरीय भलिबलको उपाधि
सुन्नुहोस्

नुवाकोट : नुवाकोटको लिखुमा सञ्चालन भएको अन्तरपालिका जिल्लास्तरी भलिबल प्रतियोगिताको उपाधि दुप्चेश्वर गाउँपालिकाले उपाधि जितेको छ। 

नुवाकोट भलिबल संघले आयोजना गरेको प्रतियोगितामा दुप्चेश्वरले प्रतिस्पर्धी तादी गाउँपालिकालाई पराजित गरेर विजयी भएको हो। 

प्रतियोगितामा पञ्चकन्या गाउँपालिका तेस्रो र विदुर नगरपालिकाले सान्त्वना स्थान जितेका छन्। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयले क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 

यस्तै, सान्त्वना स्थान प्राप्त गरेकाले १० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट खेलाडीमा दुप्चेश्वरका राजकुमार तामाङ, उत्कृष्ट व्लकर पुष्कर थापा र उत्कृष्ट सटर मीनबहादुर तामाङ पुरस्कृत भएका छन्। यस्तै, उत्कृष्ट स्पाइकर तादीका अभिषेक शाहीठकुरी, उत्कृष्ट डिफेन्डर पञ्चकन्याका सुवास कार्की र उत्कृष्ट सर्भर विदुरका सन्तोष थापा पुरस्कृत भए। 

विभिन्न ६ विद्याका उत्कृष्ट खेलाडीले नगद ५ हजार र अन्य खेलाडीहरूले २ हजार नगद पुरस्कार र मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 
सो प्रतियोगितामा नुवाकोटका ११ पालिकाले सहभागिता जनाएको जिल्ला भलिबल संघले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.