राष्ट्रपति रनिङ शिल्ड पुसमा
काभ्रे : काभ्रेमा पुस २७ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड हुने भएको छ। जिल्ला खेलकुद विकास समितिले पुस २७ गतेदेखि २९ सम्म प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो।
मंसिर महिनाभित्र सबै पालिकामा प्रतियोगिता सम्पन्न हुने खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले जानकारी दिए।
यो पटक जिल्ला स्तरीय प्रतियोगितामा ६ खेलमा प्रतिस्पर्धा रहने छ। प्रतियोगितामा भलिबल छात्र , छात्रातर्फ, एथलेटिक्स , कराँते , तेक्वान्दो, कबड्डी र उसु खेलमा प्रतियोगिता हुने समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !