आम्दा सुत्केरी मृत्यु प्रकरण

माग सुनुवाइ नभएपछि आफन्तले शव बुझेनन्, चिकित्सकहरू पनि आन्दोलित

माग सुनुवाइ नभएपछि आफन्तले शव बुझेनन्, चिकित्सकहरू पनि आन्दोलित
सुन्नुहोस्

बुटवल : बुटवलको आम्दा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आन्दोलित मृतकका आफन्तहरूले माग सुनुवाइ नभएको भन्दै तीन दिनदेखि शव बुझेका छैनन्। 

सुत्केरीपछि मृत्यु भएकी सत्यवती गाउँपालिका-२ ठूलोलुम्पेक गुल्मीकी ३५ वर्षिय भवानी रास्कोटीको शव आम्दा अस्पतालमा छ। 

पटकपटक दुवै पक्षबीच वार्ता भएपनि बिहीबार साँझसम्म सहमति जुटेको छैन। मृतकका आफन्तहरूले प्रहरीले पक्राउ गरेका सात जना युवाहरूलाई  बिना शर्त रिहाई गर्नुपर्ने र नवजात शिशुसहित दुई सन्तानको पढाइलेखाइ सहितका राहतका कार्यक्रम ल्याउन अस्पताल व्यवस्थापन पक्षसँग माग राखेका छन्। 

आफ्ना मागहरूप्रति अस्पताल व्यवस्थापन पक्षले बेवास्ता गरेको मृतक रास्कोटीका भिनाजु याम तरामुले प्रतिक्रिया दिए। ‘अस्तीदेखि बैठक चलिहरको छ। तर सहमति भएकै छैन’, तरामुले भने,‘बरु शव सडोस् तर हाम्रो माग सुनुवाइ नभएसम्म हामी एक इन्च पनि डग्दैनौ।’ अस्पतालका डाक्टरहरूको लापरवाहीका कारण सुत्केरीको मृत्यु भएको उनले प्रतिक्रिया दिए।

मृत्युपछि आक्रोशित भएका केही युवाहरूले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र बस्यालमाथी कुटपिट गरेका थिए। कुटपिटपछि मेसु बस्यालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको र पेटमा चोट लागेको छ। 

चिकित्सकहरू पनि आन्दोलित
सुत्केरी मृतकका आफन्तहरू आन्दोलित भइरहेका बेला डाक्टरहरू पनि बिहीबाररदेखि आन्दोलनमा उत्रिएका छन्। उपचाररत डाक्टरमाथि प्रहरी प्रशासनकै अगाडि युवाहरूले कुटपिट गरेको भन्दै उनीहरूले प्रक्राउ परेका सात जना युवाहरूलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउनुपर्ने माग राख्दै आन्दोलित भएका छन्। 

आन्दोलित चिकित्सकहरूले बिहीबार इलाका प्रहरी कार्यालय बुटवलको गेटमा आफूहरूको सुरक्षा र पक्राउ परेका युवाहरूलाई सार्वजनिक मुद्दाको माग राख्दै धर्ना बसेका हुन्। प्रहरीले कुटपिटमा संलग्न सात जना मृतकका आफन्तहरूलाई मंगलबार प्रक्राउ गरेर अनुसन्धान थालेको छ। 

मृतकका आफन्तहरूले पनि सुत्केरीको मृत्यु शंकास्पद भएकाले निष्पक्ष छानबीनको माग राख्दै इलाका प्रहरी कार्यालयमै घाइते मेसु राजेन्द्र बस्याल सहित चार जना स्वास्थ्यकर्मीहरूको नाम किटान गरेर उजुरी दिएका छन्। माग सुनुवाइ नभए शुक्रवारदेखि धर्ना बस्ने मृतकका भिनाजु याम तरामुले चेतावनी दिए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.