पाल्पामा प्रथम सुन्तला महोत्सव भोलि

पाल्पामा प्रथम सुन्तला महोत्सव भोलि
सुन्नुहोस्

पाल्पा : पाल्पा रिब्दीकोट गाउँपालिका–७ पालुङ मैनादीमा भोली (शनिबार) प्रथम सुन्तला महोत्सव हुने भएको छ। पालिकास्तरमा सुन्तला खेती गर्ने कृषकको उत्पादनमा वृद्धि, बजारीकरण, व्यावसायिकीकरण र सुन्तलाको विविधीकरणमा सहयोग पुर्‍याउन महोत्सव आयोजना गरिएको गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाको समन्वय वडा ७ कार्यालयको आयोजना तथा मैनादी कृषि सहकारी संस्थाको व्यवस्थापनमा सुन्तलाको बजार प्रवद्र्धन र कृषकलाई प्रोत्साहनका लागि महोत्सव आयोजना गर्न लागिएको रिब्दीकोट गाउँपालिका–७ का वडाध्यक्ष दानबहादुर कुँवरले बताए। उनले वडा ७ माबै २ सय कृषकले सुन्तला खेती गर्दै आएको जनाए। 

महोत्सवमा सुन्तला खेतीका लागी माटो शिविर, प्लान्ट क्लिनिक, सुन्तलाका विभिन्न परिकार, सुन्तला खेतीसँग गर्न सकिने विषयमा जानकारी दिइने छ। सुन्तला बगैचाको अवलोकन, सुन्तला खाने प्रतियोगिता, सुन्तला खेतीमा प्रविधिको प्रयोग, विषादीको प्रयोगबारे सचेतना, उत्कृष्ट सुन्तला कृषक सम्मान कार्यक्रम गरिने गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी  दिए। 

गाउँपालिकालाई कृषिमा अगाडि बढाउन महोत्सवको आयोजना गर्न लागिएको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले नयाँ सोच अनुसार कृषकलाई कृषि पेसालाई निरन्तरता दिन सुन्तला खेतीको प्रचारप्रसार, प्रविधि प्रदर्शन, भण्डारण र प्रशोधनसहित बजारीकरणका लागि महोत्सवको आयोजना गरेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.