एमाले नेता रायमाझीसहित ९ जनालाई थुनामा पठाउने आदेश, खाँणको विषयमा न्यायाधीशबीच राय बाझियो

एमाले नेता रायमाझीसहित ९ जनालाई थुनामा पठाउने आदेश, खाँणको विषयमा न्यायाधीशबीच राय बाझियो

काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतले गरेको आदेश सदर गरेको छ।

न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, सागर राईलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं अदालतको आदेश सदर गरेको हो। त्यस्तै उच्च अदालतले आङटावा शेर्पा, सानु भण्डारी, सञ्जय शर्मा र गोविन्द चौधरीलाई पनि थुनामै पठाउने आदेश दिएको छ। 

त्यसैगरी टेकनाथ रिजाललाई १५ लाख धरौटी, सन्दीप रायमाझीलाई ३० लाख र नरेन्द्र केसीलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ भने हरिभक्त महर्जन, लक्ष्मी महर्जन, शमशेर मिया, आशिष बुढाथोकी, टेक गुरुङ, रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए। 

त्यस्तै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने उच्च अदालत पाटनले थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीश जनक पाण्डे ३० लाख रुपैयाँ धरौटीमा छाड्न राय दिए पनि अर्का न्यायाधीश प्रकाश खरेलले त्यसमा असहमति जनाएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको जिम्मा लगाउने निर्णय भएको उच्च अदालतका प्रवक्ता भट्टराईले जानकारी दिए।

(यसअघिको समाचारमा त्रुटि भएकाले सच्याइएको छ- सम्पादक )


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.