धनुषामा कुहिन लागेको अवस्थामा महिलाको शव फेला
![धनुषामा कुहिन लागेको अवस्थामा महिलाको शव फेला](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_hGNm5eqkIZ_KcFl1b4ii3.jpg)
ढल्केवर(धनुषा) : धनुषामा कुहिन लागेको अवस्थामा एक महिलाको शव फेला परेको छ। आइतबार साँझ धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलाको बाँधमा कुहिन लागेको अवस्थामा पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।
‘शवको प्रकृति हेर्दा दुईचार दिनअघिको हुनुपर्छ। शवमा किरा परिसकेको अवस्था छ,’ प्रहरी निरीक्षक साहले अन्नपूर्णसँग भने ‘लासलाई यहाँका स्थानीयहरूले चिन्न सकेका छैनन्।’
अहिले घटनाको विषयमा ठ्याक्कै अनुमान लगाउन सकिने अवस्था नरहेको उनको भनाइ छ। ‘अहिले घटनास्थलमा मुचुल्का गरिरहेका छौं। लासको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउन तयारी गरेका छौं,’ प्रहरी निरीक्षक साहले भने ‘पोस्टमार्टम रिपोर्टले विस्तृत कुराहरू बाहिर ल्याउँछ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)