बारामा रहेको नेपोभिट टायल उद्योगमा आगलागी, करोडौको क्षति

बारामा रहेको नेपोभिट टायल उद्योगमा आगलागी, करोडौको क्षति
सुन्नुहोस्

सिमरा : नेपाभिट ब्राण्डको टायल उत्पादन गर्दै आएको जीतपुरसिमरा-८ स्थित नेपाल सेरामिक इण्डष्ट्रिजमा आइतबार आगलागी भएको छ। 

आगलागीबाट करोडौं मूल्य बराबरको क्षति भएको छ। उद्योगबाट उत्पादन भएको टायल भण्डारण गर्ने क्षेत्रमा दिउँसो करिब साढे ३ बजेदेखि आगो लागेको हो। उक्त क्षेत्रबाट सल्किएको आगो उद्योगको अन्य स्थानमा फैलिएको थियो। 

समाचार तयार पार्दासम्म उद्योगको आगो नियन्त्रणमा आएपनि पूर्ण रूपमा निभाउन सकिएको छैन। आगो जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, वीरगन्ज महानगरपालिका, वीरगन्जस्थित नेपाल प्रहरीको दमकलको सहयोगमा नियन्त्रणमा ल्याइएको थियो। 

दमकलसँगै आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र उद्योगका मजदुर खटिएका थिए। आगलागीबाट करोडौं मूल्य बराबरको क्षति भएको उद्योगका संचालक शम्भुनाथ झाका सहयोगीले जानकारी दिएका छन्। 

आगलागीबाट भएको क्षतिको विवरण पुष्टि हुन बाँकी रहे पनि कराडौं मूल्य पर्ने मेसिन, उत्पादन गरेर राखिएका टायल र उद्योगको संरचनामा क्षति पुगेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.