पलायन हुँदै झुलाघाट नाकाका व्यापारी

पलायन हुँदै झुलाघाट नाकाका व्यापारी

बैतडी : भारतसँग सीमाना जोडिएको झुलाघाट बजारमा २०६१ सालदेखि व्यापार गर्दै आएका कम्मानसिंह ऐरी आजभोलि बिहान ढिलोगरी पसल खोल्छन्। एक समय बिहानै ६ नबज्दै पसल खोलेर व्यापारमा व्यस्त हुने ऐरी अहिले घाम तापेर दिन कटाउँछन्। ‘मान्छेहरूको आउजाउ नै छैन, के गर्ने पसल खोलेर पनि, बजार निकै सुस्त छ’, निरास हुँदै ऐरीले भने। 

लामो समयसम्म भएको लकडाउनले यहाँका व्यापारीहरू थलिएर पलायन हुन थालेको व्यापारी ऐरीको भनाइ छ। कोरोनाकालको लामो समयसम्म रहेको लकडाउनपछि झुलाघाटमा व्यापार निकै घटेको अर्का व्यापारी प्रकाश सिंह धामी बताउँछन्। ‘लकडाउनपछि यहाँका करिब ८० प्रतिशत व्यापारी फर्किएनन्, मानिसहरूको आउजाउ पनि छैन,’ उनले भने।

भारतीय बजारबाट आयात हुने सानो परिमाणको सामानमा पनि कर निर्धारण गरिएदेखि चहलपहल घटेको उनी बताउँछन्। कुनै समय सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्लाको सीमा बजारका रूपमा झुलाघाट बजारमा निकै चहलपहल हुने गरेको थियो भने नेपाली उत्पादन पनि निर्यात हुने गरेको थियो। 

तर कोरोनाकालपछि यहाँको बजार निकै सुस्ताएको छ। यहाँका अधिकांश व्यापारीहरू पलायन भइसकेका छन्। कोरोनाअघि ७५ वटाभन्दा बढी पसल रहेको झुलाघाटमा अहिले २५ वटा पनि पसल नरहेको महाकाली भन्सार कार्यालय झुलाघाटले जनाएको छ। 

सरकारले बेलाबेला झुलाघाटमा मोटरेबल पुल निर्माणको कुरा उठाउन गरेको छ। अपेक्षाअनुसार कुनै गतिविधि नहुँदा यहाँको व्यवसायीहरू पनि निरास छन्। झुलाघाट बजारमात्रै नभई सुदूरपश्चिमकै आर्थिक समृद्धिसँग जोड्नका लागि झुलाघाटमा मोटरेबल पुल निर्माण गर्न आवश्यक रहेको सरोकारवाला निकायको भनाइ छ। 

मोटरेबल पुल निर्माणका लागि सरकारसँग माग राख्ने गरिए पनि उपलब्धि नभएको उद्योग वाणिज्य संघ बैतडीका कोषाध्यक्ष शेर सिंह भण्डारीले  बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.