हिमपातका कारण अवरुद्ध भएको कागबेनी-मुक्तिनाथ सडक सञ्चालन

जोमसोम : हिमपातका कारण अवरुद्ध भएको कागबेनी-मुक्तिनाथ सडक सञ्चालनमा आएको छ।
सोमबार भारी हिमपात हुँदा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीदेखि बारागुङ मुक्तिक्षेत्र-१ मुक्तिनाथ सडक अवरुद्ध बनेको थियो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेको नेतृत्वमा गएको प्रहरी टोलीले सडकमा थुप्रिएको हिउँ हटाएपछि सडक सञ्चालनमा आएको हो।
प्रतिक्रिया दिनुहोस !
