प्रथम मेयर कप रनिङ शिल्ड बुधबारदेखि

प्रथम मेयर कप रनिङ शिल्ड बुधबारदेखि

तानसेन : आउँदो बुधबारदेखि तानसेन नगरस्तरीय प्रथम मेयर कप रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने भएको छ। प्रतियोगिता तानसेनको टुँडिखेलमा सञ्चालन हुने छ। नगर खेलकुद विकास समिति तानसेनले प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

समितिका संयोजक एवं वडा नम्बर ४ का वडाध्यक्ष हेमन्तराज शाक्यले मंसिर २० गतेबाट फुटबल, पौष ७ गतेदेखि क्रिकेट र पौष २७ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने बताए। 

फुटबलतर्फ १० टिमले भाग लिने छ। क्रिकेट र ब्याडमिन्टनतर्फ दर्ता हुने क्रम जारी रहेको संयोजक शाक्यले जानकारी दिए। प्रत्येक खेलमा तानसेन नगरपालिकाका १४ वटै वडाबाट सहभागिता रहने नगरपालिकाले जनाएको छ। 

तीन वर्षसम्म लगातार जित्ने टिमले रनिङ शिल्ड सदाका लागि पाउने छ। फुटबलमा प्रथम हुनेले एक लाख, द्वितीय हुनेले ५० हजार नगद पाउने छन्।  प्रत्येक दिन म्यान अफ द म्याचका लागि दुई हजार, उत्कृष्ट गोल किपरका लागि ३ हजार उत्कृष्ट रक्षक(डिफेण्डर) का लागि ३ हजार, उत्कृष्ट फरवार्डका लागि ३ हजार, उदयमान खेलाडीका लागि ३ हजार र उत्कृष्ट खेलाडीका लागि ३ हजार पुरस्कारको व्यवस्था गरिएको संयोजक शाक्यले बताए।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले प्रतियोगिताका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेमा आगामी वर्ष बजेटसँगै खेलका विधाहरू थप्दै जाने बताए। उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले महिला विधाका खेलहरूलाई पनि आगामी वर्षदेखि समावेश गरिने बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.