सोती हत्याकाण्डमा २४ जनालाई जन्मकैद

सोती हत्याकाण्डमा २४ जनालाई जन्मकैद

जाजरकोट : नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २४ जनालाई जन्मकैद सजाय भएको छ। रुकुम पश्चिम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले पुर्पक्षका लागि थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको हो। 

तीन वर्षअघि अन्तरजातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको थियो। रुकुम र जाजरकोटको सीमा भएर बग्ने भेरी नदी किनार नजिकै ६ जना युवाहरूले ज्यान गुमाएका थिए। 

जाजरकोटका नवराज बिक र रुकुमपश्चिमको सोतीगाउँकी ठकुरी परिवारकी किशोरीबीचको प्रेम सम्बन्धका कारण उक्त घटना भएको थियो। प्रेमिकालाई विवाह गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए।

त्यही क्रममा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज बिक र सञ्जु बिक, भेरी नगरपालिका-११ लोकेन्द्र सुनार र गोविन्द शाही, कुशे गाउँपालिका गणेश बुढा मगर र रुकुमपश्चिमको चौरजहारी नगरपालिका-१ का टीकाराम नेपालीको ज्यान गएको थियो। ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो।

नवराजका बुवा मुनलाल नेपालीको जाहेरीका आधारमा सो घटनामा चौरजहारी-८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध मुद्दा चलेको थियो। उनीहरूमध्ये ११ जना तारेखमा छुटेका थिए भने २३ जना पुर्पक्षका लागि कारागार चलान भएका थिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.