बैरभाव बिर्सिएर राजनीतिक सद्‍भाव

बैरभाव बिर्सिएर राजनीतिक सद्‍भाव
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिम्नामा स्वागत गर्दै माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा ।

बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’का क्रममा अध्यक्ष ओली रिम्ना पुग्ने थाहा पाएरै माओवादी नेता शर्मा रिम्ना पुगेका थिए।

वीरेन्द्रनगर : एउटा मान्यता छ– ‘राजनीतिमा न कोही स्थायी मित्र हुन्छ, न त शत्रु नै।’ मंगलबार जाजरकोटमा यस्तै दृश्य देखियो। पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएको एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरे। यात्रामा रहेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नमस्कार गरेर हात मिलाए। यसले बैरभाव बिर्सिएर राजनीतिक सद्भावलाई प्रष्ट देखाउँछ। 

मंगलबार अध्यक्ष ओली भूकम्पको केन्द्रबिन्दु जाजरकोट पुगेका हुन्। माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) रुकुमबाट जाजरकोटको रिम्ना पुगेका थिए ओलीको स्वागतका लागि।

null

ओलीको स्वागतका लागि शर्मा सर्वसाधारणको लाइनमा बसेका थिए। शर्माले ओलीलाई नमस्कार गरे। ओलीले पनि मुस्कुराउँदै धन्यवाद भने। केहीबेर ओली र शर्माबीच कुराकानी पनि भएको थियो। 

बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’का क्रममा अध्यक्ष ओली रिम्ना पुग्ने थाहा पाएरै माओवादी नेता शर्मा रिम्ना पुगेका थिए। शर्मा रुकुमको सानीभेरी–४ बलिबाङका भूकम्प प्रभावितको अस्थायी टहरा निर्माणमा सक्रिय छन्। शर्माले गरेको स्वागतलाई उच्च राजनीतिक संस्कार भन्दै स्थानीयले प्रशंसा गरेका छन्। 

जाजरकोटको रिम्नामा एमाले अध्यक्ष ओलीलाई स्वागत गर्न प्रभाकरसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सांसद राजिवविक्रम शाह, आठबिसकोट नगरपालिकाका मेयर रवि केसी, चौरजहारी नगरपालिकाका मेयर पुष्प वादी, सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्ट (केदार) सहितका अन्य पार्टीका नेता र जनप्रतिनिधिहरू पनि थिए। यसले नेताहरूले एक अर्काप्रतिको बैरभाव बिर्सिएर राजनीतिक सद्भाव बाड्दै पीडितको घाउमा मल्हम लगाउन अघि बढेको भान गराउँथ्यो। रुकुमबाट जाजरकोट नै पुगेर प्रभाकरले ओलीलाई स्वागत गर्नुलाई पनि राजनीतिक वृत्तमा यसै अर्थले हेरिएको छ। 

कुनै बेला ओलीका प्रियपात्र थिए, शर्मा। एमाले र माओवादीबीच पार्टी एकताका बेला शर्माले ओलीको विश्वासपात्र बनेर काम गरेका थिए। तर, पछि शर्मा अर्थमन्त्री हुँदा ‘बजेट चुहावट’ काण्डमा एमालेले उनको आलोचना गर्‍यो। तर, व्यक्तिगत रूपमा एमाले अध्यक्ष ओलीसँग शर्माको राम्रै सम्बन्ध रहेको उनी निकट नेताहरू बताउँछन्। 

मध्यपहाडी यात्रामा रहेका ओली जाजरकोटका भूकम्पपीडितहरूको अवस्था बुझ्न र नेकपा एमालेको युवा संघसहितको पार्टीको स्वयंसेवी खटिएका कार्यकर्ताहरूले गरेको काम हेर्न रिम्ना पुगेका  थिए। उनीभन्दा अगाडि नै माओवादी नेता शर्मा त्यहाँ पुगेका थिए।

null

ओली निकट एमाले केन्द्रीय सदस्य नगिन्द्र शाहीले भने, ‘नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रिम्नामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीसहितको अभियान टोलीलाई स्वागत गर्नुभयो। केही समय ओली र प्रभाकरका बीचमा कुराकानी पनि भयो।’ 

भेटका क्रममा पार्टी अध्यक्ष ओलीले अहिले एमालेले थालेको अभियानको मूल उद्देश्य राजनीतिक मात्र नभई विकाससँग जोडिएको पनि बताएका थिए। भूकम्पपीडितका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको बताउँदै सबै दलले एक भएर राहत, पुनर्निर्माण तथा अन्य व्यवस्थापनका कामहरूमा जुट्नुपर्नेमा उनले जोड दिए। भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवी रूपमा प्रभाकर सहितका सबै राजनीतिक नेतृत्वले गरेको कामको पनि अध्यक्ष ओलीले प्रशंसा गरे।  

‘अहिलेको विपद्को समयमा राजनीतिक स्वार्थभन्दा माथि उठेर सबै एकज’ट भएर म’ल’कको समस्या समाधान गर्नेतर्फ लाग्नुपर्छ’, अध्यक्ष ओलीले भने। भेटका क्रममा माओवादी उपमहासचिव प्रभाकरले पनि भूकम्प प्रभावित क्षेत्रमा एमालेले परिचालन गरेको स्वयंसेवीहरूले गरेको कामको चर्चा गरे। उनले मुलुकका पूर्वप्रधानमन्त्री आफ्नो क्षेत्रमा आएकाले पनि आफू स्वागतका लागि आएको प्रष्ट्याए।

माओवादी नेता प्रभावकरका स्वकिय सचिव श्रीकुमार कठायतले मुलुकको शीर्ष नेतृत्व नै आफ्नो क्षेत्र आएकाले राजनीतिक संस्कारका हिसाबले पनि स्वागतका लागि प्रभाकर जाजरकोटको रिम्ना पुगेको बताए। उनले भने, ‘यो त राजनीतिक संस्कार हो। नेता प्रभाकरले रिम्नामा एमाले अध्यक्ष ओलीलाई स्वागत गर्नुभयो। त्यहाँ ओली र प्रभाकरका बीचमा छोटो कुराकानी भयो। त्यहाँ ५ मिनेट जति कुराकानी भयो। अन्य राजनीतिक कुराकानी भने भएजस्तो लागेन।’ 

जाजरकोटमा छोटो भेट गरेर प्रभावकर रुकुम फर्किनु र फेरि ओली रुकुममा पुगेर प्रभाकरलाई भेट गर्नुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। मध्यपश्चिम विश्वविद्यालयमा राजनीतिक शास्त्रका प्राध्यापक डा. अर्जुन ऐडीले ओली–प्रभाकर जम्काभेटलाई सामान्य रूपमा लिनुपर्ने बताए। उनले भने, ‘भूकम्प प्रभावित क्षेत्रमा ओली पुग्दा सामान्य राजनीतिक संस्कारका रूपमा प्रभाकरले स्वागत गर्नुभएको होला। राजनीतिक कोर्ष परिवर्तनका लागि नेपालमा ठूलै शक्ति लाग्नुपर्छ।’

null

null
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.