विराटनगरको कवाडी गोदाममा आगलागी : एकजनाको मृत्यु,चार घाइते

विराटनगरको कवाडी गोदाममा आगलागी : एकजनाको मृत्यु,चार घाइते
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : विराटनगरमा रहेको एउटा कवाडी गोदाममा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।  विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २:१५ बजेतिर आगलागी सुरु भएको हो । 

घाइतेमध्ये एकजनाको उपचारका क्रममा विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । अन्य घाइतेमध्ये तीनजना अजिता सरदार,सुशीला पासवान, पिंकी कामतको न्युरोमा र एकजना किशोर कामतको कोसी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उपचारतमध्ये दुईको अवस्था गम्भीर छ । 

सबै घाइतेलाई प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको हो। उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र एकजना मानिस जलिरहेको देख्न सकिन्छ । तर,आगो नियन्त्रणमा नआएकाले उद्धार गर्न सकिएको छैन । 

कवाडी गोदाममा लागेको आगो अझैसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विभिन्न ठाउँबाट आएका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.