विराटनगरको कवाडी गोदाममा लागेको आगो नियन्त्रण, घाइतेलाई काठमाडौं लगिँदै

विराटनगरको कवाडी गोदाममा लागेको आगो नियन्त्रण, घाइतेलाई काठमाडौं लगिँदै
सुन्नुहोस्

विराटनगर : विराटनगरको कवाडी गोदाममा लागेको आगो पूर्णरूपमा नियन्त्रणमा आएको छ। दिउँसो २:१५ बजेदेखि लागेको आगो ५ बजेतिर नियन्त्रणमा आएको हो।

 
विभिन्न ठाउँबाट आएका दमकलको सहयोगमा स्थानीय, प्रहरी र सेनाले आगो नियन्त्रणमा लिएका हुन्। आगलागीमा परेर २ जनाको मृत्यु भएको छ। एक जनाको उपचारका क्रममा र एक जनाको घटनास्थलमै मृत्यु भएको हो। 

आगलागीमा परेर विराटनगर-७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको हो। 

जलेर मृत्यु भएको अवस्थामा एक जना महिलाको शव घटनास्थलमा फेला परेको छ। मृतकको पहिचान खुलेको छैन। उद्धारकर्ताहरुका अनुसार आगलागी भइरहेको गोदामभित्र आगोले जलिरहेको देखिन्थ्यो। चिच्याइरहँदा पनि आगो नियन्त्रणमा समस्या भएपछि उद्धार गर्न नसक्दा जलेर त्यहीँ मृत्यु भएको हो। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार विराटनगर महानगरपालिका-७ सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २:१५ बजेतिर आगलागी सुरु भएको हो। आगलागीमा परेकामध्ये ५ जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो। तीमध्ये दीपकको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए।

आगलागीमा परेर विराटनगर-६ की अन्दाजी ६० वर्षीया रीता सरदार, अन्दाजी ६५ वर्षीय सुशीला पासवान, ५८ वर्षीय किशोर कामत र मोरङको कटहरी गाउँपालिका-६ की अन्दाजी ३० वर्षीया पिंकी कामत घाइते भएका छन्। आगोले जलेर घाइते भए हुनेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर छ। 

घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ। नेपाली सेनाको स्काई ट्रकमार्फत् सबै घाइतेलाई काठमाडौं लैजान लागिएको हो। आगलागीको कारण खुल्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.